Logo

बिना बिभागिय मन्त्री शर्माको गाडिमाथि बम प्रहार



काठमाडौं, २४ कार्तिक । विनाविभागीय मन्त्री तथा पश्चिम रूकुमका प्रतिनिधसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ गोइरीमा विहान साढे ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो । उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको रूकुम प्रहरीले जनाएको छ ।

रूकुमको चौरजहारीबाट उम्मेदवार शर्मासहित प्रचार टोली विहान सानोभेरी गाउँपालिकातर्फ प्रचारका लागि जाँदै गर्दा बम प्रहार भएको हो । एउटा बम पड्किएपछि अर्को बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बम रेडबुलको बट्टामा राखिएको थियो ।

नेत्रबिक्रम चन्द् विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले बम प्रहार गरेको शंका गरिएपनि प्रहरीले भने पुष्टि गरेको छैन् । शर्मा वाम गठबन्धनका उम्मेदवार हुन् ।



प्रतिक्रिया दिनुहोस्