Logo

पर्सा क्षेत्र नम्बर १ मा रुङगटाको चुलिँदो चर्चा



काठमाडौं, २४ कार्तिक । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउन अब जम्माजम्मी एक महिना मात्रै बाँकी छ । चुनावी सरगर्मी अहिले टोलटोलमा ह्वात्तै बढेको छ ।

देशको प्रमुख नाका मानिएको पर्सामा पनि चुनावी रौनकता छाएको छ । पर्सामा प्रतिनिधि सभाकोलागि ४ सिट छन् । क्षेत्र नं १ का उम्मेद्धवार पूर्व सभासद अनिल रुङटाको पक्षमा माहोल बनेको छ । रुङटा पार्टीको काममा अत्यधिक खट्ने कुनै पनि विवादमा नपरेका युवा उधोगी हुन । रुङगटालाई आधारभूत रुपमा कांग्रेसको तल्लको इकाई देखी पार्टी सभापति सम्मको साथ रहेको छ । 

उनका विपक्षी उम्मेद्धवारमा भने संघीय समाजवादी फोरम नेपालका पर्साको क्षेत्र नं १ बाट पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादव चुनावी मैदानमा छन् ।
रुङगटा र यादवमध्ये अहिले रुङ्गटाको पक्षमा व्यापकट ठूलो जनलहर देखिएको छ । त्यतिमात्रै नभएर उनलाई कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने भावी मन्त्री बन्न सक्ने नेताको रुपमा समेत लिन थालिएको छ।

उनका प्रतिद्धन्द्धी यादव पनि युवा हुन् । हुन त फोरम र राजपावीचको गठबन्धन भएपनि यादवलाई अहिले जनताले त्यति रुचाएका छैनन् । राजेशमान सिंह यादवको विरुद्धमा छन् । 

तर यता रुङगटाको पक्षमा कांग्रेसभित्र कुनै विरोध छैन। मतदाताहरु अत्यन्तै खुशी छन् । उनलाई जनताले विकासप्रेमी नेताको रुपमा लिन्छन् । उनी जहिल्यैपनि जनताको पक्षमा काम गर्न तल्लिन हुन्छन् । विरगन्जको मुहार फेर्न सक्ने नेताको रुपमा यहाँका क्षेत्रका जनताहरुले लिएका छन् । अहिले जहाँ जाउँ त्यहाँ उनको पक्षमा चर्चा चुलिँदो छ ।



प्रतिक्रिया दिनुहोस्