Logo

बद्री पङ्गेनीले गगन थापालाई ठग र फटाहा भनेपछि हङ्गामा (भिडियोसहित)



कात्तिक २४, काठमाण्डौ । आफूलाई देशभक्त गायक ठान्ने बद्री पङ्गेनीले चुनाव प्रचारका क्रममा गीतसंगितको दुरुपयोग गरेका छन् । काठमाण्डौ क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार राजन भट्टराईको पक्षमा मत माग्नका लागि गीत गाएका पंगेनीले भट्टराईका प्रतिस्पर्धी गगन थापामाथि गीतको माध्यमबाट अनावश्यक शब्द प्रयोग गरेका हुन् । पंगेनीले गगन थापालाई घुमाउरो भाषामा गित मार्फत जनता ठग्ने फटाहा भनेका छन् ।

अहिलेसम्म नराम्रो काम गरेको भनेर कहीँ कतैबाट आलोचित नभएका थापालाई पंगेनीले गीतको दुरुपयोग गर्दे भने, “आयो आयो राजन दाइ आयो, जनता ठग्ने फटाहा छेउ लाग्यो विकास गर्न आश्वासन बाँड्ने जति नि पाइन्छ, ४ न. क्षेत्रको विकास गर्न राजन नै चाहिन्छ ।”
राजन भट्टराईलाई सल्लाह दिदै उनले भने, ‘गगन थापाको भाषणको पछि नलाग्नुहोस् । के के भाषण गर्नुहोला । तपाईं आफ्नो प्रचारमा लाग्नुहोस् ।’

प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली भए पनि ओली कार्यक्रममा आइनपुग्दै गायक पंगेनी भने देशको बिकास र समृद्धिका लागि वाम उम्मेद्वारलाई जिताउन आग्रद गरे ।

स्थानीय निर्वाचनमा ‘मै पनि एमाले, सैं पनि एमाले’ शीर्षकको चर्चित चुनावी गीत ल्याएर प्रशंसा बटुलेका उनले प्रदेशसभा र प्रतिनिधिसभाका लागि समेत गीत गाएका छन् । गायकको रुपमा सबैले मन पराइएका पंगेनी पछिल्लो पटक आफ्नो हैसियत विर्सेर राजनीतिमा लागेको देखिन्छ । केही समय अघि उनी जुवाको खालबाट पक्राउ परेपछि सर्वत्र आलोचना भएको थियो ।

बद्री पङ्गेनीले गगन थापालाई ठग र फटाहा भनेपछि हङ्गामा (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्