Logo

राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल



काठमाडौँ, २४ कात्तिक (रासस) : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकको राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन भएको बताउनुभएको छ ।

टोखा नगरापालिका–५ धापासीमा आयोजना गरिएको भेलामा उहाँले देशमा बढदै गएको वैदेशिक हस्तक्षेपलाई अन्त्य गर्न वाम शक्तिको एकता आवश्यक रहेको बताउनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार समेत रहनुभएका पोखरेलले विभिन्न समयमा देशमा भएका आन्दोलन तथा अप्ठेरो अवस्था आउँदा वामपन्थी शक्तिले गरेको संघर्ष र देखाएको त्यागले मुलुकमा लोकतन्त्र प्राप्त भएकाले आगामी मंसिरमा हुने निर्वाचनले देश र जनताको भाग्य निर्माणको फैसला गर्ने बताउनुभयो ।

उत्पादनका साधन र स्रोतमा सर्वसाधरणको पहुँच नपुगेका कारण मुलुकमा सामाजिक असमानता र विभेद् बढेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । अव मुलुकमा चाँडै संक्रमणकालको अन्त्य हुने र चुनावपछि एमालेको नेतृत्वमा बन्ने सरकारले आर्थिक विकासका गतिविधिमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्ने तथा समृद्धितर्फ मुलुक अघि बढ्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्