Logo

लेखकको क्षेत्रमा कांग्रेस प्रवेश गर्नेको लर्को



कञ्चनपुर, २४ कार्तिक । कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेस पार्टी प्रवेश गर्नेको लहर चलेको छ । शुक्रबार महाकाली नगरपालिका ५ का विभिन्न पार्टी समर्थित दर्जनौ युवाहरु कांग्रेस प्रवेश गरेका छन् ।

नव प्रवेशी युवाहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री र कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले फुल माला लगाएर स्वागत गरेका हुन् ।

एमालेका हर्कबहादुर सुनारको नेतृत्वमा २० जना, राप्रपाका दीपक सुनारको नेतृत्वमा ३० जना, मनीराज भट्टको नेतृत्वमा एमाओवादीबाट १५ जना र अन्य गरि ७५ जना कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले जनाएको छ ।

त्यसैगरि भट्टीनाला र मलेसिया नालामा भएको अर्को कार्यक्रममा रमेशसिहं साउद, दुर्गा भट्ट सहितका एक दर्जन युवा पनि शुक्रबार नै नेपाली कांग्रेस प्रवेश गरेका छन् । यस क्षेत्रका उम्मेदवार नेता लेखकले आफुले बोलेका कुरा व्यवहारमा परिणत गराई समग्र महाकाली नगरपालिकाको विकासको ढोका खोलेकोले प्रभावित भएर नेपाली कांग्रेसलाई जिताउने उद्देश्य सहित पार्टी प्रवेश गरेको दीपक सुनारले बताए ।

उनले भने, ‘हामीलाई मिठा भाषण गरेर जनता झुक्याउने नेता चाहिएको होइन, लेखक जस्ता विकास प्रेमी नेता चाहिएको हो । त्यसैले हामी कांग्रेस प्रवेश गरेका हौ । ’ नेपाली कांग्रेसले मात्र युवाहरुको भविश्य बनाउन सक्छ भन्ने लागेर कांग्रेस प्रवेश गरेको अर्को युवा दुर्गा भट्टले बताए ।

महाकाली नगरपालिकामा पर्ने दोधरा, चाँदनीका बासिन्दामाझ नेता लेखक निकै लोकप्रिय छन् । महाकाली नदीमा सुरुमा झोलुगे पुल निर्माण गरेर मन जितेका उनले केही समय पहिले महाकाली नदीमा चार लेनको पक्की सडक निर्माण कार्य समेत प्रारम्भ गरेपछि जनता ढुक्क भएका छन् ।

महाकाली नदीमा चार लेनको पुल बनाउने कामको सिलान्यास प्रधानमन्त्री शेरबहादुर देउवाले गत महिना मात्र गरेका थिए । खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युतिकरण जस्ता अन्य समस्या समाधानमा पनि नेता लेखकले खेलेको भूमिकाबाट यहाँका जनता सन्तुष्ट भएकाले लेखकको लोकप्रियता बढीरहेको विश्लेषकहरु ब्ताउछन् ।

लेखक यो भन्दा पहिलेको भएको संविधान सभाको दोश्रो निर्वाचन २०७० र २०५६ को निर्वाचनमा यसै क्षेत्रबाट अत्यधिक मतका साथ विजयी भएका थिए । २०७० मा उनले एमाले र माओवादी केन्द्र दुबैले पाएको मत भन्दा पनि चार हजार बढी मत पाएका थिए । यो पटक पनि उनी अत्यधिक मतका साथ बिजयी हुने आकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्