Logo

९० वर्षिय पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन



काठमाडौं, २५ कार्तिक । ९० वर्षिय पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको उमेरमा आफ्नै निवासमा निधन भएको छ । १९८३ माघ २ गते मा काठमाडौंको ठमेलमा जन्मेका बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

बिष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए । बिष्ट २५ चैत ०२५ पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।दोस्रो पटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ ।

०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्