Logo

पुन चढेको गाडीमा विप्लवको बम प्रहार, वर्षमान भन्छन् : यो चुनाव भाड्ने षड्यन्त्र हो



रोल्पा, २५ कार्तिक । माओवादी नेता वर्षमान पुन चढेको गाडीमा बम प्रहार भएको छ । विप्लव कार्यकर्ताले बाटोमा विछ्याएको माइन बम विस्फोट भएको बताएईको छ।

रोल्पा जिल्ला माडी गाउँपालिका– १ मा बम प्रहार गरिएको थियो । विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको पनि मानविय क्षेति भएको छैन । बाटो छेउमा लुकेर बसेका नेकपाका कार्याकर्ताले वाम गठबन्धनका उम्मेवार पुनलाई लक्षित गरी फायरिङ गरेका थिए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले रिपोर्टर्सनेपाल डटकमसँगको कुराकानिमा भने,‘मलाई केही भएको छैन, यो षडयन्त्र हो, खेद व्यक्त गर्छु,  कडा भत्सर्ना गर्दछु, जनतालाई आतंकित पारेर तर्साउने कार्य हो यस्तो कार्य स्विकार्य हुँदैन  ।’

नेता पुनले अघि थपे,सरकार र गृहप्रशासनले उम्मेदवारलाई सुरक्षाको प्रत्याभुति दिनुपर्छ, सुरक्षाको लागि विषेष कार्ययोजना बनाउनु पर्छ, धेरै ठाउँबाट थ्रेटहरु आईराछ, यसलाई तत्काल निरुत्साहति पार्नुपर्छ।’

चुनाव बिथोल्नको लागि गरिएको प्रयास त होईन भन्नेको जवाफमा नेता पुनले भने,‘अहिले नै त्यस्तो भन्दिन, चाँडो हुन्छ, तर केही ठुला नेताहरुलाई आक्रमण गरेर चुनाव भाड्ने खेल भैरहेको छ भन्ने कुरा आईराको छ, चुनाव सार्न र बिथोल्नको लागि यस्तो घटना घटाउँछौँ भन्ने कुरा बाहिर आएको छ, यसमा सबै चनाखो भएर लाग्नु पर्छ।’

पुनको सुरक्षा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको बताईएको छ । शुक्रबार मात्रै रुकुममा  जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्