Logo

बिनोद चौधरी आएपछि कांग्रेसमा हर्षबढाँई



काठमाडौं, २५ कार्तिक । नेपालका एकमात्रै खर्बपति विनोद चौधरी कांग्रेसमा आएपछि अहिले पार्टीभित्र हर्षोल्लास छाएको छ । उनको नाम कांग्रेसको समानुपातिक तर्फको बन्दसूचिमा समावेश भएपछि केही दिन मिडियामा व्यापक चर्चा समेत भएको थियो ।

हुन त चौधरी यसअघि २०६४ सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट समानुपातिकतर्फको सांसद थिए । उनी सांसद बन्नु त्यति नौलो कुरा होईन, तर उनले राजनीतिक पार्टी नै परिवर्तन गरे । मुुलुकमा राजनीतिक ध्रुवीकरण बढिरहेको अवस्थामा उनले कांग्रेसमा प्रवेश गरेर धेरैलाई आश्चर्यमा पारिदिए ।

हुन त चौधरी एमालेभित्र बरिष्ठ नेता माधवकुमार नेपाल निकट रहेका उनी केपी ओली शक्तिमा आएसँगै छाँयामा परेको बुझिएको थियो । एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहेका चौधरीको कांग्रेस नेताहरुसँग पनि सुरुदेखिनै निकट सम्बन्ध थियो ।

अहिले चौधरीलाई कांग्रेसमा ल्याउनको लागि महामन्त्री सशांक कोइरालाले विशेष भूमिका निर्वाह गरेका थिए । तर त्यो भन्दा अघि नै पार्टी सभापति एवम्

प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चौधरीलाई पार्टीमा भित्र्याउनको लागि विशेष पहल गरेका थिए । पार्टी सभापति देउवा, बरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालावीच चौधरीलाई पार्टीमा ल्याउनैपर्नेबारे घनिभुत छलफल भएको स्रोतको दाबी छ । चौधरीले नेपालका विभिन्न उद्योगमा लगानी गरेका छन् ।

चौधरी विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचिमा पर्ने एक मात्र नेपाली हुन् । फोर्ब्सले जनाए अनुसार अहिले उनको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । चौधरी समूहको विश्वका विभिन्न देशका होटेलमा लगानीसमेत रहेको छ । लोकप्रिय चाउचाउको वाइवाइको ब्रान्डलाई समेत विश्वका विभिन्न देशमा चौधरी समूहले विस्तार गरिसकेको छ ।

अहिले कांग्रेसले निर्वाचन परिचालन समितिमा समेत चौधरीलाई राखेको छ। बालकृष्ण खाणको संयोजक रहेको यो समितिलाई मंगलबार पूर्णता दिएको कांग्रेसले जनाएको छ। केही समय अघि संयोजक तोकेर मात्र यो समिति गठन गरिएको थियो।

७५ सदस्यीय यो समितिमा केही अघि कांग्रेस प्रवेश गरेका उद्योगपति चौधरीलाई पनि सदस्य नियुक्ति गरिएको हो । चौधरीले मुलुकमा आर्थिक समृद्धिको खाका कोर्न सक्ने, अन्र्तराष्ट्रिय सम्बन्ध समेत भएकोले उनलाई ल्याईएको र संसदमा मुलुकको उद्योग, व्यवसाय र व्यवसायीहरुको समसामयिक समस्याहरुको बारेमा आवाज उठाउन सक्ने भनेर पार्टीमा भित्र्याईएको सूत्रहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्