Logo

ओलीले मुख खोले : मंसिर ९ गते एमाले र माओवादीवीच एकता हुने हल्ला निराधार हो



झापा, २६ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंंसिर ९ गते एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुने भन्ने कुरा असत्य भएको स्पष्ट पारेका छन् ।

उनले दुई पार्टीवीच मिति नै तोकेर मंसिर ९ गत एकता भन्दै ‘निराधार हल्ला’ चलाइएको बताएका हुन् । ओलीले यसअघि घोषणा गरे बमोजिम नै निर्वाचनपछि पार्टी एकता हुने जिकिर गरे ।
चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला झापा आईपुगेका अध्यक्ष ओलीले वाम तालमेलबिरोधी शक्तिहरुले योजनाबद्ध रुपमा त्यस्तो भ्रामक प्रचार गरेको भन्दै त्यसमा विश्वास नगर्न समेत आग्रह गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘एकता गर्ने घोषणा गर्नेहरु हामी आ–आफ्नो निर्वाचन अभियानमा छौं, म झापामा छु, प्रचण्डजी चितवनमा हुनुहुन्छ । हामीहरुबीच मंसिर ९ गते एकता गर्ने बारे कुरा भएको छैन हामीले असोज १७ गते नै घोषणा गरेका छौं, निर्वाचनमा तालमेल र त्यसपछि पार्टी एकता हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्