Logo

हाम्रो एकताबाट आँत्तिएर केही शक्ति आत्तिएका छन् : माधव नेपाल



काठमाडौं, २६ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वामपन्थी दलहरुबीचको एकताबाट केही शक्ति आत्तिएको र मतदातालाई भड्काउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । वामपन्थी गठबन्धन नेतृत्वको आगामी सरकारले मुलुकलाई समुन्नत राष्ट्रको दाँजोमा र्पुयाउने दाबी गरे ।

प्राकृतिक स्रोतको भरपुर उपयोग गरेरै नेपाललाई समुन्नत राष्ट्रको सूचीमा पु¥याउन सकिने बताएका हुन् । उनले वामपन्थी दलहरुबीचको गठबन्धन मुलुककै हितका लागि भएको स्पष्ट पारे ।
एमाले र माओवादीबीच यसअघिनै गठबन्धन भएको भए मुलुकले काँचुली फेरिसक्ने भन्दै उनले वामगठबन्धनप्रति नेपाली कांग्रेसले लगाउने गरेको आरोपको बहकाउमा नलाग्न व्यवसायीहरुलाई आग्रह गरे ।

अब मुलुकको विकास समृद्धिमा कुनै शक्तिले अवरोध गर्न नसक्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्