Logo

तेक्वान्दो संघका महासचिव गुरुङ सहित ३ सय ६१ खेलाडी काँग्रेसमा प्रवेश



काठमाडौं, २६ कात्तिक । नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ सहित ३ सय तेक्वान्दो खेलाडीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। वालुवाटारमा आयोजिक कार्यक्रममा उनीहरुलाई नेपाली कााग्रेसका सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले गुरुङ सहितका नवप्रवेशीहरुलाई पार्टीमा प्रवेश गराएका थिए।

प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवा र वरिष्ठ नेता पौडेलले संघका संस्थापक तथा महासचिव गुरुङ सहितका खेलाडीहरुलाई खादा तथा माला लगाएर स्वागत गरेका थिए।

सोलुखुम्बुको पार्टी कार्यक्रम सकाएर प्रधानमन्त्री तथा सभापति देउवा सोझै पार्टी प्रवेश कार्यक्रममा आएका थिए। तनहुँमा रहेका पौडेल पनि यहि कार्यक्रमका लागि काठमाडौं आएका थिए।

खेलकुद मन्त्री तथा काँग्रेस नेता राजन केसीको पहलमा खेलाडीहरु काँग्रेस प्रवेश गरेका हुन्। मन्त्री केसीले नेपाली काँग्रेसले अब खेल क्षेत्रलाई प्राथिमकतामा राखेर काम गर्नुपर्ने बताए।

तेक्वान्दो संघसँग आवद्ध अधिकाँस खेलाडीहरु र प्रशिक्षकहरु काँग्रेस आएका हुन्। विभिन्न डोजाङका प्रमुखहरु मदन गिरी, मनोज खड्गी, कविराज खड्गी, राजेन्द्र खत्री, विजय न्यौपाने, नुर्वु तामाङ लगायतलाई देउवा र पौडेलले पार्टी प्रवेश गराएका हुन्।

एमालेबाट रवि भुजेल, मनोज खड्गी लगायतका पनि नेपाली काँग्रेस प्रवेश गरेका छन्। परासर गोर्खाली सहितका ६० जना माओवादी निकट खेलाडीहरु पनि काँग्रेस प्रवेश गरेका छन्।

मदन गिरी सहित १७ जना नयाँ शक्तिबाट पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

काँग्रेस सभापति तथा प्रधानमन्त्री पौडेलले गुरुङलाई तेक्वान्दो सम्राट भन्दै उनी र उनको टीमलाई स्वागत गरे। सभापति देउवाले गुरुङलाई पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिमा समेत मनोनयन गरेका छन्। बाँकी प्रवेशीहरुलाई पनि विभिन्न समितिमा स्थान दिने देउवाले बताए।

नेपाली जनताले राणा राजा पञ्चायतको अधिनायक र निरंकुशता नस्विकारेको इतिहास स्मरण गराउँदै कम्युनिष्टको एकताको नाममा ल्याउजन खोजेको अधिनायक पनि नेपाली जनताले नस्विकार्ने बताए।

पार्टी प्रवेश कार्यक्रममा वोल्दै पौडेलले सबै नवप्रवेशीहरुलाई स्वागत गर्दै खेलकुदको विकासका लागि नेपाली काँग्रेस लागिपर्ने बताए। खेल प्रतिभाहरुलाई अगाडी बढाउने काममा पनि पार्टी लागिपर्ने र देशले पनि उनीहरुलाई प्रवर्द्धन गर्नुपर्ने बताए।

कम्युनिष्टहरुको एकताले लोकतन्त्रमाथि खतरा मडारिरहेको उल्लेख गर्दै कम्युनिष्टहरुको लोकतन्त्र मास्ने डिजाइनलाई काँग्रेसले सफल हुन नदिने पौडेलले बताए।

पार्टी प्रवेशपछि बोल्दै गुरुङले लोकतन्त्रमा मात्र खेल क्षेत्र पनि मजवुद हुने भएकोले पनि आफूहरु नेपालदी कााग्रेसमा प्रवेश गरेको बताए। अब खेल क्षेत्रको जिम्मा नेपाली काँग्रेसले लिनुपर्ने उनले बताए।



प्रतिक्रिया दिनुहोस्