Logo

राष्ट्रिय जनमोर्चाको घोषणा पत्र सार्वजनिक



काठमाडौं, २७ कार्तिक । राष्ट्रिय जनमोर्चाले संघियता खारेजी देखि एकिकृत बस्ति विकाससम्मका एजेण्डा सहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा उक्त पार्टीले पत्रकार सम्मेलन गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ,समृद्ध नेपालको निमार्ण गरौँ’ भन्ने मुल नाराको साथ तयार पारिएको चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष रश्मिराज नेपालीले बैदेशिक हस्तक्षेपको बिरुद्धमा आफ्नो पार्टी कुनैपनि जोखिम मोल्न तयार रहेको स्पष्ट पारे ।

उनले भने,‘राष्ट्रिय जनमोर्चा एमाले माओवादी, काँग्रेसजस्तो घाती पार्टी होईन, मुलुक र जनताप्रति उत्तदायि पार्टी हो, हामीले चुनावी घोषणापत्रमा पनि लेखेका छौ, संघीयता खारेजी हुनुपर्छ, सिंहदरबार गाउँमा पुगेको कुरा हामीले स्विकार गरेका छौँ, सिंहदरबारको महाभष्ट्र रोग गाउँमा पुग्नबाट बचाउनको लागि यो घोषणा पत्र सार्वजनिक गरेका छाँै।’

त्यस्तै पार्टी सचिव भीमलाल पुरीले घोषणा पत्रको अन्तर वस्तुका बारेमा बोल्दै जल, उद्योग, कृषि र पर्यटन क्षेत्रको विकासले मात्रै मुलुक समृद्ध बन्ने दाबी गरे ।
उनले भने,‘हाम्रो मुलुक प्राकृतिक स्रोत साधनले भरिपुर्ण देश हो, हाम्रो पार्टीले जल, उद्योग, कृषि र पर्यटनको विकासका एजेण्डा लिएर चुनावी मैदानमा छ, जनताले उचित न्याय गर्नेछन्।’

आपसी हितमाका आधारमा अन्तराष्ट्रिय सम्बन्ध विस्तार एवम् विकास गर्ने भन्दै पार्टी सचिव पुरीले अन्य राजनीतिक दलहरुलाई भारत परास्तको आरोप लगाए ।
उनले भने,‘हामी नेपालको राजनीतिक, साँस्कृतिक, आर्थिक र सामाजिक क्षेत्रलाई नितान्तै आफ्नो पन र आफ्नो क्षमताका आधारमा विकास गर्न चाहन्छांै तर अरु दल काँग्रेस, एमाले, माओवादीहरु भारतलाई सत्तामा पुग्ने मार्ग बनाउँछन्, अनि हाम्रो मुलुक कसरी उँभो लाग्छ ?’



प्रतिक्रिया दिनुहोस्