Logo

शेयरबजारमा दोहोरो अंकको सुधार, २ हप्ताको निरन्तर ओरालोपछि करेक्सन हुँदै



कात्तिक २७, काठमाण्डौ । लगातार दुई साता ओरालो लागेको नेप्से सूचकले यो साता भने सकारात्मक पक्ष देखाएको छ । साताको कारोवार हुने पहिलो दिन करिव १६ अंकले वढेको नेप्से सुचकले सोमवार पनि निरन्तरता पाएको हो । नेप्से परिसुचक करिब १३ अंकले बढेको छ ।

सोमवार नेप्से परिसुचक १३ दशमलव सात चार अंकले उकालो लागेर १ हजार ४ सय ९० दशमलव ८८ अंकमा बन्द भएको छ । कुल ५ हजार ७ सय १० पटकको कारोवार बाट १७ लाख ३० हजार ५ सय ७२ कित्ता सेयर रु ७१ करोड ४६ लाख ५७ हजार ४ सय ५९ रुपैयाँमा किनवेच भएका छन । त्यस्तै क वर्गका कम्पनि हरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ४७ अंकले वढेर ३ सय १४ दशमलव ४७ अंकमा बन्द भएको छ ।

सोमवार कुल ९ वटा समुहमा होटल र विकास बैंक समुह वाहेकका अन्य सबै समुह उकालो लागेका थिए । आज होटल उपसुचक १२ दशमलव ०३ अंकले र विकास बैंक समुह उपसुचक २ दशमलव ३ अंकले घटेका छन त्यस्तै सोमवार बाणिज्य बैंक समुह १० दशमलव ९१, जलविद्युत समुह ७५ दशमलव ३१, फाईनान्स १०, बिमा १४ दशमलव ९, उत्पादनमुलक समुह १२ दशमलव ८ अन्य समुह १८ दशमलव ५१ र लघुविक्त समुह उपसुचक १० दशमलव ९९ अंकले बढेका छन् । सोमवार गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको सबै भन्दा धेरै ११ करोड २४ लाख बराबरको कारोबार भएको छ ।

अन्य बढी कमाउनेमा प्रभु बैंक संस्थापक शेयर, चिलिमे हाइड्रो , नागरिक लगानी कोष, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत रहेका छन । सोमवार चिलिमे हाइड्रोका लगानीकर्ताले सर्बा्धिक ८ दशमलव १० प्रतिशत कमाएका छन् भने अन्य बढी कमाउनेमा लक्ष्मी लघुवित्त, सिनर्जी पावर, खानी खोला हाइड्रो लगायत रहेका छन । सोमवार प्रभु बैंकका संस्थापक तर्फका लगानीकर्ताले सर्बा्धिक ६ दशमलव ३१ प्रतिशत गुमाएका छन ।

अन्य बढी गुमाउनेमा तिनाउ विकास बैंक, प्रोग्रेशिभ फाइनान्स, किसान माइक्रोफाइनान्स रहेका छन । तिहारपछि लगातार ओरालो लागेको बजार आइतबारबाट उत्साहजनकरुपमा बढेको हो । विश्लेषकहरुले सेयर बजार अब नघट्ने र बरु बढ्नसक्ने अनुमान गरिरहेका थिए । कारोबार रकममा पनि खासै प्रगति हुन नसकिरहेको बेला आज भने आइतबारको तुलनामा झण्डै दोब्बरले कारोबार बढेको छ । आइतबार ३८ करोड रुपियाँको मात्रै कारोबार भएमा आज ७० करोडको सेयर किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्