Logo

चुनावी चटारोभन्दा पनि गाँउको सरसफाइमा जुटे युवा



जितपुर, कपिलवस्तु, २७ कात्तिक (रासस) : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका अभियानमा जुट्नुपर्ने बेलामा यहाँका युवाहरु गाँउको सरसफाइमा होमिएका छन् ।

जिल्लाको वाणगंगा नगरपालिका–९ पडरियास्थित दीपज्योति युवा क्लवका सदस्यले चुनावी चटारोभन्दा पनि गाँउ सरसफाइ अभियानमा जुटेका छन् ।

शनिबार उनीहरू आफ्नै गाँउमा रहेको ऐतिहासिक रामजानकी मन्दिर कुटी परिसरमा सरसफाइमा व्यस्त देखिन्थे । करिब ४५ जनाभन्दा बढी युवायुवती सप्ताहव्यापी गाँउ सरसफाइ अभियानमा होमिएका हुन् ।

हातमा कोदालो, हँसिया, बन्चरो, कुचो, खरेटो, खन्तीलगायतका सामाग्री बोकेर उनीहरु सरसफाइमा लागेका छन् ।

जुनसुकै पार्टिको पछि लागे पनि गाउँको विकासमा खासै महत्व नदिएको भन्दै ‘युवाको एकता आजको आवश्यता’ भन्ने नारासहित शनिबारदेखि यहाँका युवा सप्ताहव्यापी सरसफाइ अभियानमा लागेको क्लबले जनाएको छ ।

कपिलवस्तुमा १५३ मतदानस्थल अति संवेदनशील

कपिलवस्तुका १५३ मतदानस्थल अति संवेदनशील रहेको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका १५३ मतदानस्थल अति संवेदनशील, ६५ संवेदनशील र १५ वटा सामान्य रहेको निष्कर्ष निकालेको हो ।

जिल्लाका दक्षिणी मतदान स्थललाई अति संवेदनशीलस्थलको रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्