Logo

राष्ट्रिय जनमोर्चा संघीयताको बिरोधमा छः अध्यक्ष केसी



कपिलवस्तु, २७ कात्तिक (रासस) : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टी अहिले पनि संघीयताको बिरोधमा रहेको बताउनुभएको छ ।

राजमो जिल्ला कार्यसमिति कपिलवस्तुले आज चनौटामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भोटका लागि मात्र आफ्नो नीतिलाई तिलाञ्जलि दिन नसक्ने बताउनुभयो ।

अध्यक्ष केसीले राष्ट्रियताको रक्षा, गणतन्त्रको संस्थागत विकास र समृद्ध नेपाल निर्माणका लागि आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अपिल पनि गर्नुभयो ।

सो पार्टीका नेता सुरेश थापाले राष्ट्रियताको प्रवद्र्धन र मुलुकको आर्थिक विकासका लागि आफ्नो पार्टीलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्