Logo

सूचना दिएवापत कर्मचारीलाई कारवाही भएमा क्षतिपूर्ति



विराटनगर,२९ कात्तिक (रासस): राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राज्यप्रणालीको सुदुढीकरण, भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक समृद्धिमा सूचना हकको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सञ्चारकर्मीले प्रमाणित दस्तावेज प्रयोग गरी जनतालाई सुसूचित गरेमा विश्वसनीयतामा वृद्धि हुने र यसबाट विश्वमा नेपालको पत्रकारिताको छवि बढ्ने छ भन्नुभयो ।

सार्वजनिक सरोकारसँग सम्बन्धित कार्यालयका कर्मचारीलाई सूचना दिएवापत कारबाही भएमा आयोगले सम्बन्धित कार्यालयलाई सचेत गराउनाका साथै कर्मचारीलाई क्षतिपूर्तिको व्यवस्था गरिने विश्वास उहाँले दिलाउनुभयो ।

प्रमुख आयुक्तले आयोगले प्रत्येक वर्ष धेरै सूचनाको हक प्रयोग गर्ने पाँच सञ्चारकर्मीलाई रु ३० हजारका दरले पुरस्कृत गर्ने गरेको जानकारीसमेत दिनुभयो ।

पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेलले जनतालाई सुसूचित गराउन महासंघले आयोगसँग हातेमालो गरी काम गर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्