Logo

चलचित्र “फिक्का”मंसीर १५ गतेबाट ऩेपालभर रिलिज हुने



काठमाडौं, २९ कार्तिक ।का.स. गाँउ र गरिवीको कथालाई उठाएर तयार पारिएको पारिवारीक प्रेमकथाको चलचित्र फिक्काको यहि मंसीर १५ गतेबाट रिलिज हुने भएको छ ।

नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठको निर्माणमा बनेको चलचित्रको प्रस्तुतकर्ता एनआरएन जापान बसोबास गर्ने अजय सुनार रहेका छन् । चलचित्रलाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका छन् । हाल कान्तिपुर टेलिभिजनमा कार्यक्रम ट्वाक्क टुक्क रिटर्न्सका सहायक निर्देशकको रुपमा काम गरिरहेका खड्काले यस अघि चलचित्र 21 बर्षको ऊमेरमा निर्देशन गरेका थिए |

चलचित्र अहिले बनेका चलचित्र र कमेडी धार भन्दा फरक भएको र चलचित्रमा बेरोजगारी, गरीवी, माया, पारिवारिक बन्धन, फ्रस्टेटेड जीवनलाई प्रस्तुत गरिएको देख्न सकिने निर्देशक खड्का बताऊछन् |

मंसिर १५ गतेबाट नेपालभर रिलिज हुन लागेको यस चलचित्र विदेशमा भने शो सुरु भैसकेको छ यस अघि जापानमा भएको शो दर्शकले मन पराएपछि जापान, बेल्जियम, स्पेन, लण्डन, बहराईन लगाएतका देशहरुमा समेत शो हुन लागेको नायक समेत रहेका प्रस्तुतकर्ता अजय सुनारले बताए भने जापानका अन्य सहर. युरोप र अमेरिकाका शहरहरुमा समेत चलचित्रको शो को तयारी भैसकेको बताईएको छ ।

रिता खाति सुनारको लेखन, एन. बी. अन्जानको कला निर्देशन रहेको चलचित्रमा एन आर एन अजय सुनार, राष्ट्रिय मार्सलआर्ट खेलाडी एंव रेडियोकर्मी दुर्गाराज पाण्डे, मोडल सर्मीला नेपाल, सञ्चारकर्मी राधिका धिमीरे , ईश्वरी बराल, मुस्कान काप्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई राजु श्रेष्ठले सम्पादन, अनन्त घिमीरेले कलर करेक्सन, अमित श्रेष्ठले व्याकग्राउण्ड म्युजिक एंव मिक्सिङ गरेका छन् | चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन |



प्रतिक्रिया दिनुहोस्