Logo

काम गर्न नसकेकै कारण गेजुवासँगको सम्झौता खारेज गरेको हो, अब अर्को कम्पनीसँग छिट्टै नयाँ सम्झौता हुन्छ : अर्थमन्त्री कार्की



काठमाडौं, २९ कार्तिक । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काम गर्न नसकेको कारण बुढीगण्डकी जलविद्युत्त आयोजना निर्माणको लागि गेजुवासँग गरिएको सम्झौता रद्द गरेको हो ।

रिपोर्टर्स क्लब नेपालले सुनसरीमा अर्थमन्त्री कार्कीसँग गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै उनले गेजुवाले काम गर्न नसकेकै कारण सम्झौता रद्द गरिएको स्पष्ट पारे । नेपालको विकासको लागि हाईड्रोपावरको विकास अनिवार्य भएकोले सरकारले अरुण तीन पनि चाँडै अघि बढउने तयारी गरेको उनको विश्वास थियो ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले थपे,‘अरुण तेस्रोको लागि पनि हामीले हिजो एक वर्षको लागि सम्झौताको म्याद थप गरेका छौं, उद्धघाट्न गर्न भारतीय प्रधानमनत्री नरेन्द्र मोदीजी अउनुहुन्छ ।’ बुढिगण्डकी निर्माण गर्न नयाँ कम्पनीलाई छिट्टै दिने कार्कीले जानकारी दिए ।

त्यस्तै उनले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नेपनि विश्वास दिलाए । उनले भने,‘समृद्धिको यात्रा अब सुरु हुन्छ। हम्रो सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा मुलुक अघि बढ्छ । चुनापछि देउवाकै नेतृत्वमा सरकार बन्छ, यसमा कुनै दुई मत छैन्।’



प्रतिक्रिया दिनुहोस्