Logo

सम्पूर्ण हिन्दूवादी शक्तिहरु एकजुट हुनुपर्नेमा राणाको जोड



काठमाडौं, २९ कार्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का सह–महामन्त्री प्रदिप विक्रम राणाले विदेशमा रहेका ५० औं लाख युवाहरुलाई मतदान गर्नबाट बञ्चित गरिएकोप्रति गुनासो पोखेका छन् ।

सह–महामन्त्री राणाले एक विज्ञप्ती जारी गर्दै मुलुक विकासमा रेमिट्यान्समार्फत उल्लेखनीय योगदान पुर्याएका लाखौं युवाहरुलाई मतदान गर्नबाट बञ्चित गरिनु उनीहरुको भोटिङ राईटको विरुद्धमा भएको भन्दै तत्काल मतदान गर्ने अवसर मिलाउन सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्,‘आज देशमा चुनाव हुँदैछ, यो महत्वपूर्ण अवसरमा वा पर्वमा हाम्रो देशका लाखौं युवाहरु रोजगारीको लागि विदेशमा हुनुहुन्छ, उहाँहरुलाई पनि मतदानमा सरिक हुने वातावरण आयोग र वर्तमान सरकारले गरिदिनुपर्छ।’ उनले विदेशमा रहेका नेपाली युवाहरुलाई मतदान गर्नबाट बञ्चित गर्नु उनीहरुको अधिकारमाथिको बन्देज र खेलबाड भएको तर्क गरेका छन् ।

त्यस्तै उनले राजा र हिन्दूवादी सम्पूर्ण शक्तिहरु एकजुट भएर संघर्षमा होमिनुपर्नेमा जोड दिएका छन् । उनले अहिलेसम्म हिन्दूवादी शक्तिहरुले नारा र घोषणापत्रमा मात्रै आफ्ना एजेण्डाहरुलाई सिमित बनाएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्