Logo

सुनिल शर्मा भन्छन् : ‘ढकाल टुरिष्ट हुन, उनलाई यो जाडोमा न्यानोसँग राख्छौं, चुनापछि भगाउँछौं’



मोरङ्, ३० कार्तिक । मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाको लागि कांग्रेसका उम्मेद्धवार डा. सुनिल शर्माले आफू १५ हजार मतान्तरले विजयी हुने दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा नेता शर्माले आफ्नो जितको सुनिश्चित भैसकेको बताएका हुन् । उनले वाम गठबन्धनबाट उम्मेद्धवार बनेका एमाले नेता भानुभक्त ढकाललाई टुरिष्ट उम्मेद्धवारको संज्ञा दिए ।

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘यो क्षेत्र कांग्रेसको गढ हो, अहिले त करिब करिब सबै गाउँमा कांग्रेसबाहेक कोही पनि छैनन भन्दापनि हुन्छ, एमालेका ढकालजी मसँग प्रतिष्पर्धा गर्न आउनुभएको छ, तर यहाँका जनताले उहाँलाई भोट दिनेवाला छैनन्, उहाँ त पर्यटकीय उम्मेद्धवारमात्रै हो।’

उनले ढकाल टुरिष्ट भएकै कारण यो जाडोमा उक्त क्षेत्रका जनताले उनलाई चिसो लाग्ला भनेर न्यानोसँग राखेको तर चुनाव सकिएलगत्तै त्यहाँबाट भगाउने जिकिर गरे । उनले भने,‘अहिले चुनावसम्मको लागि उहाँलाई जाडो, ठण्डी लाग्ला भनेर हामीले नै न्यानोसँग राख्छौं, तर चुनाव सकिएपछि यहाँबाट भगाउँछौं।’

नेता शर्माले आफूले उक्त क्षेत्रको विकास र समृद्धिको लागि व्यापक काम गरेको दाबी गर्दै भने,‘म सँग दिर्घकालिन समस्याको समाधान गर्ने योजनाहरु छन्, २ वर्षभित्र सबै काम गर्न सक्ने खाका तयार पारेको छु, अब विकासको कामले यहाँ गति लिन्छ, गाउँदेखि शहर समृद्ध हुन्छ।’

उनले ३ नम्बर क्षेत्रका एमालेका कतिपय गाउँ त आफूले रित्याईदिएको जिकिर गरे । उनले भने,‘साँच्चिकै भन्नुहुन्छ भने कतिपय एमालेका गाउँ त हाम्रो पार्टीमा प्रवेश गराएर मैले रित्तो बनाएको छु, न पत्याए तपाईहरुले ती गाउँहरु भीजीट गर्नसक्नुहुन्छ।’ उनले अब मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउनुपर्ने भन्दै यसको लागि लोकतान्त्रिक गठबन्धनलाई जनताले विजयी गराउनुपर्ने बताए ।

उनले मुलुकमा कांग्रेसको विकल्प नभएको भन्दै आफ्नै पार्टीको नेतृत्वमा देशमा विकास हुने विश्वास दिलाए । उनले भने,‘कांग्रेसकै नेतृत्वमा देश विकास हुन्छ, त्यो पनि हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजी हुनुहुन्छ, हो उहाँकै नेतृत्वमा विकास हुन्छ, अब समृद्धिको नयाँ यात्रा सुरु हुन्छ।’

उनले एमाले–माओवादी केन्द्रको वामपन्थीहरुले अधिनायकवादी बन्ने र नेपालमा कम्युनिष्ट शासन ल्याउने दिवा सपना देखेको भन्दै अब त्यस्तो सपना नदेख्न चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्