Logo

स्थिर सरकारका लागि बाम गठवन्धन : उपाध्यक्ष ज्ञवाली



दाङ, १ मंसिर रासस : नेकपा ९एमाले०का उपाध्यक्ष युवराज ज्ञवालीले स्थिर सरकारले मात्रै नागरिकलाई अधिकार सम्पन्न र देशलाई समृद्धिको मार्गमा लग्न सक्ने बताउनुभएको छ ।

एक वर्ष नटिक्ने सरकार कै कारण विकास निर्माणको काम अलपत्र पर्ने गरेको बताउँदै उहाँले भन्नुभयो — “बहुमतको स्थिर सरकार अहिलेको आवश्यकता छ ।”

संयुक्त वाम गठबन्धनले दाङको ढिकपुरको एकलघरुवामा बिहीबार आयोजना गरेको चुनावीसभामा उपाध्यक्ष ज्ञवालीले अब कम्युनिष्टहरुले नेतृत्व गर्ने सरकार बन्ने बताउँदै वाम गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित गराउन मतदातालाई आग्रह गर्नुभयो ।

उहाँले व्यक्ति र पार्टीको जितहारभन्दा पनि कम्युनिष्ट र देशकै जितहारको सवाल खडा भएको बताउँदै जनतालाई विचार गरेर मात्रै भोटको सुनिश्चित गर्न सुझाव पनि दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन राष्ट्रियता र जनताको अधिकार संस्थागत गर्ने कडी भएको उल्लेख गर्दै उपाध्यक्ष ज्ञवालीले वाम गठबन्धनलाई अधिनायकवादको आरोप लगाउने काँग्रेसले अरूलाई गाली गरेर आफू राम्रो बन्ने सोच हटाउनुपर्नेमा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्