Logo

आफूले जिते कञ्चनपुरको समग्र विकास : नेता लेखक



कञ्चनपुर, १ मंसिर । आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै जाँदा नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेद्वार रमेश लेखकले कञ्चनपुरबाट नेपाली काँग्रेसलाई विजयी गराएका कञ्चनपुरको समग्र विकास गर्ने कुरा बताएका छन् ।

बिहिवार निर्वाचन प्रचार प्रसार अन्र्तगत भीमदत्त नगरपालिकाको १४ र १६ नम्बर वडामा बिहिवार चुनावी सभाको आयोजना गरेको छ । चुनावी सभालाई प्रतिनिधि सभा सदस्य रमेश लेखकले कञ्चनपुरको विकास नेपाली काँग्रेसले मात्रै गर्न सक्ने भन्दै नेपाली काँग्रेसलाई भोट दिएर जिताउन आग्रह गरे ।

‘ दोधारा–चाँदनी सुख्खाबन्दरगाहा निर्माण, महाकाली करिडोर हुदै त्रिदेशीय नाका बनाउने विकास हुन्छ’ लेखकले भने,‘ यो सबैका लागि भोट दिएर जिताउनुप¥र्यो । उनले वामगठबन्धनले अधिनायकवाद लाद्न खोजेको आरोप समेत लगाए ।

चुनावी सभालाई प्रदेशसभा १ का उम्मेदवार यज्ञराज जोशी र प्रदेश सभा २ का उम्मेवार बेलबहादुर रानाले समेत सम्बोधन गरेका थिए । उनले आफु लामो समय देखि पार्टिमा लागिपरेको र विकासका क्षेत्रमा आफुले हुने सहयोगमा लागि पर्ने बताए ।

उनले नेपाली काँग्रेस नै यो मुलुकको विकासको मुख्य पहरेदार पार्टी भएको भन्दै भोट दिएर जिताउन सबैलाई आग्रह गरे ।कञ्चनपुरमा नेपाली कांग्रेसको बिजयलाई कुनै गठबन्धनले रोक्न नसक्ने उम्मेदवारहरुले बताएका छन् ।

काँग्रेसका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारका क्रममा जाँदा सबैको साथ पाइएको भन्दै विजय निश्चित भएको दाबी गरे । बिहीबार भएका चुनावी आमसभामा विभिन्न पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

भीमदत्त नगरपालिका १४ र १८को खैरबट्टी गरि ५० जना साथै वडा नम्बर १६ मा आयोजित चुनावी कार्यक्रममा दुईदर्जन अन्य पार्टीका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्