Logo

मन्त्री गौतमले छोटो समयमै बर्दियामा विकासको खोलो बगाएपछि जनता उत्साहित



काठमाडौ., १ मंसिर । सिचाईमन्त्री संन्जय कुमार गौतमले आफु मन्त्री भएको १०० दिनको प्रगति र उपलब्धिहरु सार्वजनिक गरेका छन । मन्त्री गौतमले छोटो समयमै बर्दियामा विकासको खोलो बगाएका छन ।

बर्दियाले सिचाइमा निकै फड्को मारेको छ । बर्दियामा धेरै नदि, खोलानाला रहेका र उक्त नदि हरुले हरेक वर्ष ठुलो धन जनको क्षति गर्ने भएकाले त्यसको नियन्त्रणको लागि मन्त्री गौतमले कार्तिक, २० गतेको मन्त्रिपरिषदको निर्णयबाट बर्दियाको गुलरियामा बबई, भादा र ओराहि नदि व्यावस्थापन आयोजनाको कार्यालय स्थापना गरायका छन । अब बबई, भादा र ओराहि नदिले दुख दिने छैन, अब जिल्ला भरिको नदि नियन्त्रण गुलरियाको कार्यालयबाटै हुनेछ

त्यसैगरी मन्त्री गौतमले बबई , राजापुर, सिंचाई व्यवस्थापन डिभिजनको कार्यालय राजापुरमा स्थापना गराएका छन । अब राजापुरमा सिंचाईका हरेक कार्य राजापुर कार्यालयबाट नै हुनेछन । मन्त्री गौतमले, २०७१ सालमा आएको बाढिबाट क्षति भएको संरचनाहरुको पुननिर्माण गर्न, तिन बर्षे योजनाका लागी झन्डै २ अरव रुपैया बर्दिया र सुर्खेतका बाढि पिडित हरुको पुर्ननिर्माणमा खर्च गरिने बताए , जुन रकमले बर्दियाका जनतालाई प्रत्यक्ष लाभ हुने छ ।

मन्त्री गौतमले छोटो समयमा गरेको अर्को महत्वपुर्णकार्य भनेको बर्दिया जिल्लामा पर्ने बबई नदि लाई पुर्ण तटबन्धन गर्न र ब्यवस्थीत गर्न रु. ३ अरव ९२ करोड १७ लाखको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गराई बहुबर्षिय ठेक्काको प्रकृयामा रहेको छ । यो कार्य पुर्ण भयपछि बबई बाट हुने धनजनको क्षति, कृषी योग्य जमिनको क्षति का साथै गाई बस्तुहरु बग्ने जस्ता समस्या हरु हटेर जानेछन् । साथै यो पर्यटकिय क्षेत्र पनि बन्नेछ । जुन बर्दियालीको गौरवको ठुलो योजना हो । सिचाई मन्त्री गौतमले बर्दिया जिल्लाको कृषीमा विकास गर्न प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तर्गत चालु यहि बर्षमा खर्च हुनेगरी जोन सुपर जोनका लागि रु ५ करोडको कार्यक्रम सन्चालन हुदैछ । यो कार्यक्रमले बर्दिया बासिलाई निकै खुसि बनाएको छ ।

त्यसैैगरी मन्त्री गौतमले बर्दियाको कृषी सिचाई गर्न सिचाई विभाग र बैकल्पीक उर्जा केन्द्र विच समन्वय गरेर बिजुलि नपुगेका ठाउंमा सोलार सिस्टमबाट सिचाई व्यवस्था मिलाई हाल बर्दियाका ४ ठाउं कालिका, पदनाहा, जमुनि , खैरापुरमा सिचाई भईरहेको छ । मन्त्री गौतमले छोटो समयमा मन्त्री भएरपनि निकै उपलब्धी मुलक कार्य गरेर देखाईदिएका छन । गुलरिया नपामा सहरिकरण गर्न रिङरोड बनाउने, रम्बापुर गुलरिया सडक बनाउन भारतिय एक्जीम बैंक संग सम्झौता, भुरिगाउ, ढोडरी, गुलरिया, मुर्तिया सडक निमाणाधिन, जिल्लाका ५५ भन्दा बढि मठ मन्दिर हरुमा सोलार बत्ती, जनज्वती मा.वि. मा भवन निर्माण, जनसेवा बहुमुखि क्यामपस भवन निर्माण, विभिन्न खानेपानि योजना हरु मन्त्री गौतमको छोटो समयमा निर्माण भयका कार्य हरु हुन ।

सिचाई मन्त्री सन्जय कुमार गौतमले मन्त्री भएको ३ महिनामै बर्दियाका लागि अहिले सम्मकै धेरै विकास योजनाहरु ल्यायकोमा बर्दिया बासि हरु पनि खुसि छन् । सुगम भयरपनि विकास हुननसकेको बर्दियाले बल्ल विकाससिल नेता पायको छ । बर्दियामा उनलाई विकासप्रेमि नेताको रुपमा चिनिन्छ ।



प्रतिक्रिया दिनुहोस्