Logo

पूर्वराजा ज्ञानेन्द्रले पनि व्यक्त गरे प्रकाश दाहालको निधनप्रति दुःख



काठमाडौं, ३ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको आइतबार बिहान निधन भएको हो । पूर्वराजाका पूर्व मूख्यसचिव पशुपतिभक्त महर्जन कोटेश्वर, पेरिसडाँडास्थित माओवादी पार्टी मुख्यालय पुगेर प्रकाश दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे ।

अहिले दाहालको शव पशुपति आर्यघाटतर्फ लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्