Logo

उपेन्द्र यादवविरुद्ध उभिएका ठाकुरको बलियो राजनीतिक इतिहास, कांग्रेसको भोटसमेत तानेर उपेन्द्रलाई हराउने रणनीति



३ मंसिर, काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेदवारी दिएका जयप्रकास ठाकुरले आफू चुनाव जित्ने दाबी गरेका छन् ।
नेपाली राजनीतिमा लामो समय संघर्षमा खर्चेका ठाकुरले विगतमा आफूले जनताको मन जित्ने गरी काम गरेको दाबी गर्दै यसपटक आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

उता यादव भने नेपाली कांग्रेस र राजपाको समर्थनसहित उम्मेदवार बनेकाले चुनाव जित्नेमा ढुक्क छन् । यद्यपी राजपाका पूर्व सहमहामन्त्रीसमेत रहेको ठाकुरको चुनौतिलाई सामान्य रुपमा लिन नहुने देखिएको छ । ठाकुर सप्तरीमा लोकप्रिय नेता तथा समाजसेवीको रुपमा समेत परिचित छन् । २०४६ सालमा नेपाल विद्यार्थी संघ सप्तरीको अध्यक्षसमेत भइसकेका ठाकुरको राजनीतिक कमजोर भने छैन ।

ठाकुरले २०४८ सालमा निर्वाचन अधिकृतसमेत भएर काम गरिसकेका र जनताको बिचमा धेरै घुलमिल भएका नेतामध्येका हुन् ।
६२–६३ को आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका ठाकुरले मधेश आन्दोलनको अग्रपग्रंक्तिमा रहेर मोर्चा सम्हालेका थिए । त्यसैले पनि उनले चुनावमा बलियो उपस्थिती जनाउने विश्लेषण गरिएको छ । अर्कोतिर केन्दीय स्तरमा नेपाली कांग्रेसले उपेन्द्रलाई

सघाउने निर्णय गरे पनि सप्तरीका कांग्रेस कार्यकर्ताले आफूलाई मतदान गर्ने ठाकुरले दाबी गरेका छन् ।
सप्तरी क्षेत्र नम्बर २ मा यादव र ठाकुरसहित वाम गठबन्धनका उमेश यादव पनि प्रतिस्पर्धामा छन् । यिनै तीन नेताबिचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्