Logo

प्रचण्ड आँफैले दिए छोरा प्रकाशको पार्थिक शरिरमा दागबती (फोटोफिचर)



काठमाडौं, ३ मंसिर । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।

आइतबार बिहान निधन भएका प्रकाशको पार्थिव शरीरमा बुवा प्रचण्डले अपरान्ह पशुपति आर्यघाटमा दागवत्ति दिएका थिए । प्रचण्डले हिन्दु परम्परा अनुसार कोट तथा जुत्ता खोलेर पार्थिव शरीरलाई तीनपटक घुमेपछि मात्रै दागबत्ती दिएका थिए ।

त्यसअघि प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चार घण्टा राखिएको थियो । दाहालको पार्थिक शरीरमा बुबा पुष्पकमल दाहालले दागवत्ती दिएर अन्त्येष्टि गरिएको हो। यसअघि पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत विभिन्न पार्टीका नेताहरुले प्रकाशको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका प्रकाशको आईतबार बिहान अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलीसकेको थियो । चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए ।

तस्विर :मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्