Logo

लोकतन्त्रलाई अतिवादी र अधिनायकवादीले हल्लाउन नसक्ने : बरिष्ठ नेता पौडेल



कौरव खत्री : गुल्मी/बाग्लुङ्ग४ कार्तिक । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलेले मुलुकलाई अतिवादी र अधिनायकबादीले हल्लाउन नसक्ने भन्दै लोकतन्त्र नयाँ युगमा प्रवेश गरिसकेकोले यसलाई कसैले पनि खल्बलाउन नसक्ने बताउनु भएको छ ।

सोमबार बाग्लुङ्गको निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि तथा प्रदेशसभा बाग्लुङ्गको गल्कोट हटियामा आयोजना गरेको बृहत चुनावी आमसभालाई सम्वोधन गदै नेता पौडेलले यस्तो बताउनुभएको हो ।

नेता पौडेलले काँग्रेसका नेता विपि कोइरालाले २००७ मा देख्नुभएको सपना आज पुरा गर्न थालेको भन्दै लोकतन्त्रको अभियान र यात्रालाई अघि बढाउदै आएको तर यो देशका बामपन्थी र साम्यबादी र अतिबादी तत्वहरुले लोकतन्त्रलाई सम्मान स्वागत र आत्मसात गर्न नसक्नुको कारण देशले विकासको गति लिन नसकेकोले बताउनुभयो ।

साथै उहाँले नेपालका हरेक डाँडापाखा र खोलानालाहरुमा अव समृद्धिको दियो बाल्न र कृषि नेपालका हरेक डाँडापाखा र खोलानालाहरुमा अव समृद्धिको दियो बाल्न र कृषि पर्यटन लगायतका सबै क्षेत्रको विकास काँग्रेसबाट मात्र सम्भव हुने बताउनुभयो । मुलुकको उन्नति र प्रगतिका लागि लोकतन्त्रलाई बचाउनु पर्ने समेत नेता पौडेलले बताउनु भयो ।

तश्वीर :कौरव खत्री



प्रतिक्रिया दिनुहोस्