Logo

पशुपति शमशेरको दाबी : वामको होईन, प्रजातान्त्रिक गठबन्धनको सरकार बन्छ



“चीन अनुकुल नभएकोले तातोपानी नाका खुल्न सकेन”
“ओली, प्रचण्ड र देउवा कसैलेपनि भुकम्पपीडितको लागि न्याय गरेनन्”
सिन्धुपाल्चोक, ४ मंसिर । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार तथा राप्रपा(प्रजान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबराले चीन अनुकुल नभएको कारण तातोपानी नाका खुल्न ढिलाई भैरहेको गुनासो पोखेका छन् ।

अध्यक्ष राणाले भने,“बास्तवमा तातोपानी नाका खुल्नको लागि मेरो बिचारमा सरकार चाहीँ उत्सुक नभएको जस्तो मैले महशुस गरेको छु, हुन त नाका खुलाउनको लागि नेपाल सरकारले पछिल्लो समय पहल गरेकै हो, तर चीन अनुकुल भएन।”

सोमबार साँझ रिपोर्टर्स क्लब नेपालले सिन्धुपाल्चोकमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले यस्तो गुनो पोखेका हुन् । अध्यक्ष राणाले आफू निर्वाचित भए पहिलो प्राथमिकतामा भुकम्प पीडित जनतालाई घरमा सार्ने योजना रहेको सुनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफू चुनावी अभियान लिएर जनताको घरदैलोमा जाँदा जनताले बाटो पिच होस्, भत्किएको गुम्बा बनाओस भन्ने माँग राखेकोले आफू त्यसको लागि तयार रहेको सुनाए । उनले भने,“जनता विकासको पक्षमा छन्, भुकम्पपछि बनेका अस्थायी टहरा भत्काएर घर बनाउने उनीहरुको चाहना छ । हुन त यो काम राष्ट्रिय पूर्ननिर्माण प्राधिकरण अन्र्तगर्त पर्छ ।

आफूले भुकम्पपीडित जनताको लागि सरकारले केही काम नगरेको भन्दै सार्वजनिक रुपमा गुनासो पोखेको उल्लेख गर्दै भने,“अब यो पक्षको कुरा गर्नुहुन्छ भने विभिन्न सरकारहरु जस्तो यो मामिलामा न देउवाले, न प्रचण्डले र न त ओलीले। कसैले पनि पीडित जनताको लागि न्याय गरेनन। यो काममा तीन वटै सरकार असफल भए । म निर्वाचित भएँ भने मेरो मुख्य एजेण्डा यही हुनेछ ।” उनले अबको दुई वर्षभित्र यहाँका जनताहरु घरमा बस्न पाउनुपर्छ भन्ने आफ्नो योजना रहेकोले यो चाहना छिट्टै पूरा हुने विश्वास दिलाए ।

उनले अबको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै बहुमत ल्याउने दाबी समेत गरे। राणाले भने,“मेरो विचारमा लोकतान्त्रिक गठबन्धनको सरकार बन्छ, अहिले जुन खालको बास्तवमा भन्नुहुन्छ भने धिमा गतिको विकास छ, अब द्रुत गतिमा अघि बढाउनुपर्छ । यो खालको विकास लोकतान्त्रिक गठबन्धनले नै गर्न सक्छ।”

उनले एमाले र माओवादी केन्द्रले दुई तिहाई मत ल्याउने भनेर दाबी गरेपनि त्यस्तो सम्भव नभएको जिकिर गरे । उनले थपे,“उहाँहरुले दुई तिहाई दाबी गर्नुभयो होला, यो मुलुक धर्म, सस्कृृतिमा आधारित मुलुक हो, जनताले वाम गठबन्धनलाई सजिलै दुई तिहाई दिन्छन् भन्ने मलाई विश्वास छैन् । बरु हाम्रो प्रजातान्त्रिक गठबन्धनले मधेशी दलहरुसँग मिलेर सरकार बनाउँछ । मंसिर २१ पछि प्रजातान्त्रिक गबन्धनको सरकार बन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।”

उनले आफ्ना प्रतिद्धन्द्धी एवम् वाम गठबन्धनका उम्मेद्धवार शेरबहादुरले दुई पटक निर्वाचन नजितेको बताउँदै भने,“उनीहरुले अब दुई चोटी जिते । यो सत्य कुरा हो । तर चाहीँ जित्दापनि उनीहरुले जनताको मन जित्न सकेका छैनन् ।”

उनले आफूलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले भित्रैबाट दिलोज्यान दिएर साथ दिएको बताउँदै भने,“उहाँहरु(कांग्रेसका) साथीहरु खटेर लाग्नुभएको छ, उहाँहरुको मलाई पूर्ण समर्थन छ ।” त्यस्तै उनले नेपाली कांग्रेससँग आफ्नो पार्टीको सहकार्य लामो समयम्म जाने पनि स्पष्ट पारे । राणाले थपे,“यो कुरा ऋषिजीलाई थाहा भएकै कुरा हो नि, मैले त बृहत्त प्रजातान्त्रिक गठबन्धन बन्नुपर्छ भनेर यो कुरा धेरै अघि देखि नै भन्दै आएको हुँ, अहिले आएर यसको आवश्कत्ता महशुस भएको छ।”

तपाई त हिन्दुराष्ट्रको पक्षमा खुलेर लाग्नुभएको छ नि ? भनेर धमलाले सोधेको अर्को प्रश्नमा उनले भने,“हामीले हिन्दूराष्ट भनेकै छैन नि, यो मुलुक सनातन धर्मको हो, धर्म सस्कृति, परम्परालाई सम्वद्र्धन गर्नुपर्छ भन्ने हो ।”

धमलाले तपाईहरुले राजसंस्था चाहीँ छोड्नुभयो ? नि भनेर तेर्साएको एक प्रश्नमा उनले भने,“मुलुकमा परम्परागत संस्थाहरुको पनि आधार र सम्र्वद्धन गर्नुपर्छ, त्यसलाई सम्मान गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्