Logo

भारतमा भएको आगलागीमा परी ३ को मृत्यु, १५ जना भवनभित्र फसेको आशंका



नयाँदिल्ली, ५ मङसिर (रासस/सिन्ह्वा) : भारतको पन्जाव राज्यमा भएको आगलागीमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अरु १५ जना कारखाना भित्र थुनिएको आशंका गरिएको छ ।

पन्जावको राजधानी चेन्नाई देखि १०० किलोमिटर टाढा पर्ने मुश्ताक नगरमा रहेको तीन ओटा प्लाष्टिक कम्पनीमा आगलागी भएको हो ।
आगलागी भएपछि आगो निभाउन ५० जना अग्नी नियन्त्रकहरु खटिएका थिए । उनीहरुले तीन जनालाई मृत अवस्थामा बाहिर निकालेका छन् भने अरु १५ जना भित्रै रहेको अनुमान गरिएको छ ।

आगलागीमा परी केही व्यक्ति घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

आगलागी भएको कारखाना भित्र पुरिएकाहरुलाई बाहिर निकाल्नका लागि अन्य उद्धारकर्ताहरु, अर्धसैन्य सुरक्षाकर्मीहरु लगायतलाई परिचालन गरिएको छ ।
पन्जावका मुख्य मन्त्री अमरिन्द्र सिंहले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्