Logo

जनताको सेवाका लागि चुनावमा लडेको हुँ : चन्द्र भण्डारी



काठमाडौं, ५ मंसिर । गुल्मी क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका चन्द्र भण्डारीले आफूले गरेका प्रतिवद्धता पूरा गरेकाले जनताले आफूलाई जिताउने दावी गरेका छन् ।

उनले चार बर्षका लागि आफुले गरेका प्रतिवद्धता पूरा गरेकाले अब जनताले नै आफूलाई काम गर्ने व्यक्ति भनेर जिताउने विश्वास व्यक्त गरेका हुन् ।

अघिल्लो निर्वाचनमा संविधान निर्माण गर्ने र सालझण्डी पटौती खज्र्याक द्रुतमार्ग निर्माण गर्ने दुई ओटा मुख्य प्रतिबद्धता आफ्नो रहेको रहेको जानकारी दिदै उनाँले ती दुवै प्रतिबद्धता पुरा भएको बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उनले नेपालमा पर्ने विकासका योजना मध्ये विगत ४ बर्षयता सबैभन्दा धेरै गुल्मीमा परेको जानकारी दिए ।

आफु निर्वाचित हुनुभन्दा अगाडि गुल्मीमा दुई ओटा मात्रै पुल रहेकोमा अहिले ४२ ओटा पुल बनिरहेको, अहिले संचालनमा रहेका ९३ वटा खानेपानी योजना मध्ये ९० ओटा आफ्नो कार्यकालमा ल्याएको नेता भण्डारीले बताए ।



प्रतिक्रिया दिनुहोस्