Logo

प्रहरीद्धारा नक्कली सर्टिफिकेटहरु बनाउने गिरोहलाई सार्वजनिक (तस्विरसहित)



काठमाडौं, ५ मंसिर । अपराध महाशाखाले नक्कली सर्टिफिकेटहरु बनाउने गिरोहलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

मंगलबार मेट्रोपोलिटान क्राईम डिभिजन टेकुले पत्रकार सम्मेलन गरेर उक्त गिरोहरुलाई सार्वजनिक गरेको हो । नगद रकम लिई सरकारी छाप दस्तखत किर्ते गरि प्लस टु को माईग्रेशन, प्रोभिजनल र नेश्नल ईक्जामिनेशन बोर्डको ट्रान्सक्रिप्ट सर्टिफिकेटहरु नक्कली बनाएकोले हिजो ४ गते काठमाडौंको विभिन्न स्थानहरुबाट पक्रा गरेको डिभिजनले जानकारी दिएको हो ।

पक्रा पर्नेहरुमा रुद्र बहादुर तामाङ, भवानीप्रसाद भट्टराई, विशाल जंग शाही, शुरेश बहादुर शाही, अभय पोख्रेल, अनिल श्रेष्ठ, देवराज तामाङ र सन्तोष कुमार तिवारी रहेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्