Logo

कालिकोटका जनता पार्टी हेर्नेवाला छैनन्, एमालेको पनि उम्मेद्वार मै हुँ : भपेन्द्रजंग शाही



कालिकोट, २५ मंसिर । नेपाल तरुण दलका महासचिव एवम् लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवार् भुपेन्द्रजंग शाहीले आफु एमालेको समेत उम्मेद्वार भएको दाबि गरेका छन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार शाहीले ‘निश्पक्ष र भएरहित निर्वाचन,रिपोर्टर्स क्लब नेपालको अभियान’ भन्ने मुलनाराका साथ रेडियो नेपाली आवाजसँगको सहकार्यमा सन्चालन गरिएको कार्यक्रम ‘निर्वाचन बिषेश’का सञ्चालक धनराज वास्तविकसँग कुराकानि गर्दै यस्तो दाबि गरेका हुन ।

कालिकोट जिल्लाका शिक्षित र यूवा वर्गले आफुलाई नेतृत्व सुम्पिन चाहेको भन्दै यसपालि आफ्नो जित सुनिश्चित भएको जानकारी दिए ।
रिपोर्टर्स क्लब नेपालको चुनावि अभियानलाई हृदयदेखि नै प्रशंसा गर्दै महासचिव शाहीले विवेक पुर्याएर जनताले कालिकोटलाई समृद्धिको दिशामा लैजानको लागि आफुलाई मतदान गर्ने दाबि गरे ।



प्रतिक्रिया दिनुहोस्