Logo

देउवाको व्यंग्य : ‘जनता भोट हाल्न लाईन बस्दापनि ओलीले सरकारले चुनाव सार्न खोज्यो भन्न बेर लगाउनुहुन्न’ (भिडियोसहित)



काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनैपनि हालतमा चुनाव नसर्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उक्त सन्देश सुनाईदिन पत्रकारहरुसँग आग्रह गरेका छन् ।

बुधबार ओलीलाई ज्ञापन पत्र बुझाउन पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले भने,‘ओलीलाई सुनाईदिनुहोस्, चुनाव कुनैपनि हालतमा रोकिँदैन्, ओलीजीले प्रधानमन्त्रीले चुनाव सार्छन भनेर प्रचार गरि हिँड्नुभएको छ, त्यस्तो गलत प्रचार नगर्न म यहीँबाट आग्रह गर्न चाहन्छु।’

लोकतन्त्रको रक्षाका लागि पनि चुनाव आवश्यक भएको भन्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनेमा कुनै शंका नगर्न देउवाले आग्रह गरे । उनले भने,‘जनता भोट खसाल्न लाईन बस्दा पनि ओलीले त प्रधानमन्त्रीले चुनाव सार्छ भन्न बेर लगाउनुहुन्न।’

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्