Logo

देउवालाई महन्थ र उपेन्द्रको नयाँ प्रस्ताव : मधेशमा ५०/५० गरौं



काठमाडौं, ७ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा कांग्रेससँग राजपा र फोरम नेपालको गठबन्धनले चुनावी तालमेल गर्नेबारे अन्तिम प्रयास गरिरहेको खुलासा गरेका छन् ।

उनले २ नम्बर प्रदेशमा कांग्रेससँग ५०÷५० प्रतिशतमा कुरा मिलाउनेबारे आफूहरुको तर्फबाट प्रयास भैरहेको जानकारी दिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा यादवले भने,‘हामी मधेशमा ५० प्रतिशत कांग्रेससँग तालमेल गर्नुपर्छ भनेर लागिपरिरहेका छौं, कांग्रेसलाई मनाउनको लागि हामी लागिपरिरहेका छौं,आजमात्रै पनि मेरो राजपा नेपालकका अध्यक्ष महन्थ ठाकुरजीसँग कुरा गरेको छु, उहाँलेपनि कांग्रेससँग ५० प्रतिशतमा राजपा नेपाल–फोरमले सहमति जनाउने भएका छौं।



प्रतिक्रिया दिनुहोस्