Logo

पाल्पामा प्राविधिक विश्वविद्यालय खोल्ने प्रतिबद्धता



पाल्पा, ७ मंसिर (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले पाल्पामा प्राविधिक विश्वविद्यालय खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेसबाट पाल्पा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेपालले आज तानसेनको आन्दोलन चोकमा आयोजित चुनावी कार्यक्रममा उहाँले प्राविधिक विश्वविद्यालय स्थापना गरी सञ्चालनमा आए युवालाई स्वदेशमा नै रोजगारीको वातावरण सिर्जना गर्न सकिनेमा जोड दिनुभयो ।

प्राविधिक शिक्षाका लागि यस क्षेत्रका युवा जिल्ला तथा देश बाहिर नै अध्ययनका लागि जानुपर्ने बाध्यताबाट मुक्त हुन प्राविधिक शिक्षालयको आवश्यकता रहेको छ, उहाँले भन्नुभयो —“युवालाई स्वदेशमा राख्नसमेत प्राविधिक विश्वविद्यालय स्थापनाको खाँचो छ । ”

पाल्पामा पश्चिम नेपालको शिक्षाको केन्द्रबिन्दु रहे पनि पछिल्ला वर्षमा प्राविधिक शिक्षाको अभाव रहेको छ । प्राविधिक विश्वविद्यालय सञ्चालन हुनसकेको स्थितिमा पाल्पामा फेरि शैक्षिक केन्द्रबिन्दु हुन सक्नेछ ।

कार्यक्रममा रोबोटले पाल्पामा क्षेत्र नं २ का हरिप्रसाद नेपाललाई हात जोडेर मत मागेपछि तानसेनमा हेर्नेको भीड लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्