Logo

चलचित्र ‘‘अनुराग’’ को शुभमुहर्त जनकपुरमा, सुटिङ युनिट पोखरामा



काठमाडौं । एरिका फिल्म्सको निर्माणमा बन्न लागेको चलचित्र “अनुराग“ को बिहिबार शुभ मुहर्त गरिएको छ ।

बरिष्ठ पत्रकार ऋषि धमालाकी श्रीमती एलिजा गौतम र समुन्द्र पण्डित मुख्य भूमिका रहने चलचित्रको जनकपुरको रामजानकी मन्दिरमा शुभमुहर्त गरिएको हो ।

सत्यराज चौलागाईको निर्देशनमा बन्न लागेको चलचित्र “अनुराग“ को छायांकन ४५ दिनको सेड्युल गरिएको छ भने चलचित्रमा रामकुमार केसीको छायांकन रहने छ। चलचित्रको छायांकन भने पोखरा र काठमाडौंमा हुने निर्माण पक्षले जानकारी दिएको छ।

जनकपुरमा शुभमुहर्तपछी सम्पूर्ण युनिट पोखरा छायांकनको लागी प्रस्थान गरेको थियो ।

चलचित्रमा एलिजा र समुन्द्रका अलवा राजाराम पौडेल, ठीलेन लामा, धिरेन शाक्य, रुपा राणा, शिशिर राणा, मोहन निरौला लगायतका कलाकार रहेका छन् भने ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंहको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको छ ।



प्रतिक्रिया दिनुहोस्