Logo

‘२ नम्बर प्रदेशको शैक्षिक स्तर उकास्न राजपा गम्भीर’ : राजेन्द्र महतो



महेन्द्रनगर, धनुषा, ९ मंसिर (रासस) : राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महताले आफूहरु प्रदेश नं २ को शिक्षास्तर उकास्न गम्भीर रहेको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित कार्यक्रममा धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका महतोले प्रदेश नं २ को शिक्षास्तर खस्कँदै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘शिक्षास्तर उकास्नका लागि राजपा नेपालले हरसम्भव प्रयास गर्नेछ ।’

प्रदेश नं २ मा मधेशवादी दलको सरकार बन्ने जिकिर गर्दै नेता महतोले अधिकार प्राप्तिका लागि मधेशी जनताले राजपको पक्षमा जनादेश दिनु आवश्यक रहेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्