Logo

दिउँसो १ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न, प्रमुख निर्वाचन आयुक्तबाट मतदानको प्रत्यक्ष निगरानी



१० मंसिर, काठमाण्डौ । अहिले ३२ जिल्लामा मतदान भइरहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार दिउँसो एक बजेसम्म ३५ प्रतिशत भन्दा बढी मतदान भएको छ ।
पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले मतदान जारी रहेको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण ढिला गरी मतदान सुरु भएपनि अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार औषतमा ४० प्रतिशत मतदान भएको र हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै ५० प्रतिशत मतदान भएको छ ।

पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको हो। ३२ जिल्लामा भइरहेको निर्वाचनमा चार हजार ४६५ मतदान केन्द्र तोकिएका छन् ।

यसैबिच प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवसहित आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका छन्।

मतदान कार्यमा तत्काल सम्बोधन गर्नुपर्ने विषयमा तुरुन्तै आवश्यक निर्देशन दिने उद्देश्यले आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा रहेर उनीहरुले निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्