Logo

रुकुममा प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागाइयो, मतदान स्थगित



१० मंसिर, काठमाण्डौ । रुकुमको बाँफिकोट गाउँपालिका ५ स्थित रत्न आधारभुत विद्यालय ’क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ ।

मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ ।

बिहान करिव ११ बजेर ५५ मिनेटमा भोट हाल्न आएका एक युवकले मतपेटिका भित्र एसिड हालेका कारण मतपत्र जलेका जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो ।
अहिले मतदान कार्य स्थगित गरिएको छ । मत पेटिकाका ९० प्रतिशत मतपत्र जलेको आशंका गरिएको छ । मतदाताले नै एसिड वा अन्य केमिकल हालेको आशंका गरिएको छ ।
अहिले मतदान कार्य स्थगित गरिएको छ ।मतदान के गर्ने भन्ने बिषयमा बैठक बसिरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्