Logo

दलहरू दोस्रो चरणमा केन्द्रित



काठमाडौं १२ मंसिर ।प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलहरू दोस्रो चरणको निर्वाचनमा केन्द्रित भएका छन् ।२१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । यी क्षेत्रमा राजनीतिक दल एवं उम्मेदवारहरूको चुनावी कार्यक्रमले तीव्रता पाएको छ ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाका प्रभावशाली नेताहरूको प्रत्यक्ष सहभागिता दोस्रो चरणको निर्वाचनको चुनावी कार्यक्रममा हुने भएपछि चुनावी कार्यक्रम झनै रोचक हुने भएको छ ।२१ मंसिरमा हुने निर्वाचन प्रचारमा पहिलो चरणमा निर्वाचन मैदानमा रहेका नेताहरूसमेत सहभागी हुँदै छन् । उनीहरूमाथि भने दोहोरो जिम्मेवारी छ ।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, बिमलेन्द्र निधि, अर्जुननरसिंह केसी, गगन थापा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललगायतका नेताहरू दोस्रो चरणको निर्वाचनमा उम्मेदवार छन् ।

यसैगरी राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनका महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, अशोक राई, रामसहाय यादवलगायतका शीर्ष नेताहरू पनि दोस्रो चरणकै निर्वाचनमा उम्मेदवार छन् ।

सबै पार्टीका शीर्ष नेताहरू नै दोस्रो चरणको निर्वाचनका उम्मेदवार भएका कारण पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचनलाई महŒवका साथ हेरिएकोे छ । दोस्रो चरणको निर्वाचनबाटै भावी राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतका महŒवपूर्ण पदमा पुग्ने व्यक्तिको भाग्यको फैसला हुँदै गरेका कारण पनि दोस्रो चरणको निर्वाचनलाई महŒवका साथ हेरिएको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले पहिलो चरणमा निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेतालाई दोस्रो चरणको निर्वाचनमा परिचालन गरिने बताए ।पार्टीले आवश्यता महसुस गरेको जिल्लामा पहिलो चरणको निर्वाचनमा उम्मेदवार भएका नेतालाई दोस्रो चरणमा उम्मेदवार भएका नेताहरूलाई सहयोग गर्न खटाउन सकिने उनले बताए । पायक पर्ने जिल्लामा दिनभरी परिचालन गरी राति मतपेटिकाको सुरक्षा गर्न आफ्नै जिल्ला फर्किने गरी व्यवस्था गरिने  खाँडले बताए ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै अब पार्टीको सम्पूर्ण ध्यान दोस्रो चरणको निर्वाचनमा केन्द्रित हुने बताए । पहिलो चरणको निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेताहरूले मतपेटिकाको रक्षा गर्नुका साथै दोस्रो चरणको निर्वाचनमा सहयोग गर्नुपर्ने दोहोरो जिम्मेवारी थपिएको बताए ।
पार्टीको निर्देशनमा पहिलो चरणका केही नेताले दोस्रो चरणको निर्वाचनमा उम्मेदवार भएका वाम गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने उनले बताए । वाम गठबन्धनका शीर्ष नेताहरू दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बनेकाले निर्वाचन सम्पन्न भएको जिल्लाका नेताहरूलाई चुनावी कार्यक्रममा परिचालन गरिने उनले बताए ।
माओवादी केन्द्रका नेता भरत साहले पार्टीको सम्पूर्ण ध्यान नै दोस्रो चरणको निर्वाचनमा केन्द्रित भइसकेको बताए । पहिलो चरणको निर्वाचन सम्पन्न भएकाले अब दोस्रो चरणको निर्वाचनमा पार्टीका सबै नेता चुनावी कार्यक्रममा सहभागी हुने उनले बताए । चुनावी कार्यक्रमअन्तर्गत हुने घरदैलो, आमसभा, भेला, बैठकलगायतका कार्यक्रममा माओवादी केन्द्रका सबै शीर्ष नेताहरू सहभागी हुने विषयमा पार्टीमा छलफल भइरहेको साहले बताए ।  राजपा नेपालका महासचिव अजय गुप्ताले दोस्रो चरणको निर्वाचनमा मधेसवादी गठबन्धनका शीर्ष नेतासहित अधिकांश प्रभावशाली नेताहरू उम्मेदवार बनेको बताए । राजधानीबाट



प्रतिक्रिया दिनुहोस्