Logo

तनहुँमा राप्रपाले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने, यस्तो छ दुई दलको संयुक्त विज्ञप्ति



१२ मंसिर, तनहुँ । तनहुँमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवाहरुले उम्मेदवारी फिर्ता लिएका छन् । तनहुँ कांग्रेस र राप्रपाद्धारा संयुक्त विज्ञप्ती जारी गर्दै आगामी चुनावमा लोकतान्त्रिक पक्षलाई सशक्त बनाउनका लागि राप्रपाले उम्मेदवारी फिर्ता लिएको उल्लेख गरिएको छ ।

“लोकतन्त्र र राष्ट्रियताको रक्षाको लागि पुनः एकपटक नेपाली कांग्रेस र राप्रपाबिच परस्परमा सहयोग गर्ने उद्देश्यले लोकतान्त्रिक गठबन्धन भएको सन्दर्भमा तनहुँमा प्रदेशसभाका दुवै पार्टीहरुबाट उम्मेदवारी परेको विषयमा हामीहरुबिच भएको सहमतिलाई यसै विज्ञप्तिमार्फत सम्बन्धित पक्ष र मतदाताहरुमा हार्दिक अपिल गर्दछौँ ।” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

दुई दलको सहमति अनुसार राप्रपाले प्रत्यक्षतर्फ पूर्ण रुपमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्नेछ भने समानुपातिक मत भने आफ्नै लागि माग्ने छ ।
राप्रपाले तनहुँबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको थिएन ।



प्रतिक्रिया दिनुहोस्