Logo

राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट बाहिरियो, एमालेले १०० सिट कटाउने कांग्रेस १०० सिट नजिक



१८ मंसिर, काठमाण्डौ । पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको एक रिपोर्टमा एमाले सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गरिएको छ । कांग्रेस दोस्रो दल बन्ने गुप्तचरको रिपोर्टमा उल्लेख छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले बहुमत ल्याउने दाबी गरिरहेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २ तिहाई बहुमत ल्याउने दाबी गर्दै आएका छन् ।

तर विभागको रिपोर्टले एमाले सबैभन्दा ठूलो दल बन्ने अनुमान गरेको छ भने कुनै पनि दलले दुई तिहाई बहुमत नल्याउने देखाएको छ ।

गुप्तचरको रिपोर्टमा एमालेले प्रत्यक्षमा ५० देखि ७० सीट जित्ने र समानुपातिकमा ३१ देखि ४१ सीटसम्म जित्न सक्ने देखाइएको छ । यसका आधार जोड्दा एमालेले कुल ८१ सीटदेखि १११ सीटको वीचमा परिणाम ल्याउने गुप्तचरको रिपोर्ट छ ।

त्यसैगरी कांग्रेसले प्रत्यक्षमा एमालेको भन्दा १० सिट कम ल्याउने गुप्तचरको आँकलन छ । समानुपातिकमा भने कांग्रेसले एमालेभन्दा १ सिटमात्रै कम ल्याउने आँकलन गरिएको छ । यसरी हेर्दा कांग्रेसले जित्ने कुल सिट ७० देखि १०० सम्म हुन सक्ने गुप्तचरको विश्लेषण छ ।

रिपोर्टमा माओवादीले प्रत्यक्षतर्फ ३०–३५ सीटको हाराहारीमा जित्ने र समानुपातिक समेत जोड्दा करिब ५०–६० सीट पुग्ने देखाइएको छ ।

एमाले र माओवादीको कुल सिट जोड्दा बहुमत (१३८ सीट) सहजै कट्ने गुप्तचरको रिपोर्ट छ ।

अनुसन्धान विभागले यो रिपोर्ट तयार पार्दा कांग्रेस र लोकतान्त्रिक फोरमवीच पार्टी एकता भएकै थिएन । तर, रिपोर्टमा लोकतान्त्रिक फोरमले प्रत्यक्ष र समानुपातिकतर्फ गरी बढीमा ८ र घटीमा ३ सीट जित्ने देखाइएको छ, जसलाई जोड्दा पनि एमालेको भन्दा बढी हुँदैन । र, यस आधारमा पनि एमाले नै ठूलो दल हुने गुप्तचरको रिपोर्टको निश्कर्ष छ ।

रिपोर्टमा राजपा र फोरमले कुल २३ सिटको हाराहारीमा जित्ने अनुमान गरिएको छ । कमल थापाको पार्टी (रापं्रपा) को स्थिति भने राप्रपा प्रजातान्त्रिकको भन्दा कमजोर हुने दाबी गरिएको छ ।

https://reportersnepal.com/2017/11/215105.html
अनलाइनखबरबाट



प्रतिक्रिया दिनुहोस्