Logo

गगन थापामाथि बम प्रहार, थापा घाइते भएपछि शिक्षण अस्पताल महाराजगंजमा उपचार हुँदै



१८ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं काडमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापालाई लक्षित गरी बम प्रहार भएको छ ।

चुनाव प्रचारका क्रममा भङगल चपलीहाइटमा भइरहेको घर दैलो कार्यक्रमलाई लक्षित गरी बम प्रहार भएको हो ।

बमलागेर नेता थापा सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमार्डौ तर्फ लगिएको छ । अज्ञात व्यक्तिले रिमोटको प्रयोग गरी बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

नारायणस्थानस्थित चपली हाइटमा बम बिष्फोटन हुँदा काठमाडौं – ४ का कांग्रेस उम्मेदवार गगन थापासहित  १० जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । त्यस मध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएको छ ।

काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । थापाको कान र ढाडमा चोट लागेको छ ।

बम प्रहारबाट थापासहित ५ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्