Logo

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म चुनावमा व्यस्त, सिंहदबार सुनसान !



काठमाडौं, १९ मंसिर । पर्सी बिहीबार हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । अहिले मौन अवधिमा मुलुक छ । यो अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाईए आयोगल कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

यो वर्ष निर्वाचन वर्षभन्दापनि हुन्छ । मुलुक निर्वाचनमय भएको छ । निर्वाचनलाई आम जनताले पर्वको रुपमा उत्साहजक सहभागिता जनाएर मनाईरहेका छन् । निर्वाचन रौनकले धेरैलाई छोइसकेको छ । राजनीतिक दलका नेता, कार्यकर्ता र आम नागरिकसमेत चुनावमा केन्द्रित छन् ।

काठमाडौं उपत्यकामा रहेकाहरु पनि धमाधम गाउँ फर्किन थालेका छन् । कर्मचारी, सुरक्षा निकायको ध्यान पनि चुनावमै केन्द्रित हुन थालेको छ । यसरी सबैको ध्यान चुनावमै केन्द्रित हुँदा सार्वजनिक बिदाबाहेक अरु दिन सधैं भिडभाड र चहलपहल हुुने देशको मुख्य प्रशासकिन केन्द्र सिंहदबार विहान कार्यालय खुलेदेखि नै सुनसान देखिएको छ ।

प्रधानमन्त्री, मन्त्री, सांसद भएकाहरुदेखि लिएर दलका नेता तथा कार्यकर्ता चुनावमा केन्द्रित हुँदा कार्यालय समयमा भरिभराउ हुने सिंहदरबार खाली भएको हो ।

चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमेत दश दिनअघि नै जिल्ला दौडाहामा निस्केका थिए । देउवा यतिवेला गृहजिल्ला डडेलधुरामा छन् । त्यस्तै उपप्रधानमन्त्रीहरु समेत यतिवेला चुनावमै भएकोले उनीहरुपनि सिंहदबार नआएको थुप्रै दिन भैसकेको एक कर्मचारीले जनाए । इतिहासकै सबैभन्दा ठूलो ६४ सदस्यीय मन्त्रिपरिषद् भए पनि हिजोआज कुनै पनि मन्त्रीलाई कार्यालयमा भेट्न सकिँदैन ।

काठमाडौं बसेर दैनिक शक्ति केन्द्र धाउने र गफगाफ गरेर दिन टहल्ने दलका कार्यकर्ता पनि गाउँ छिरेपछि सिंहदरबारमा हिजोआज कर्मचारी मात्र भेटिन थालेका छन् । सेवाग्राही र मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरु नै कार्यालय आउन छाडेपछि कर्मचारीहरु पनि फुर्स्दिला बनेका छन् ।

अहिले मात्रै होईन, यसअघिका निर्वाचनमा समेत सिंहदबारमा त्यति चहलपहल देखिँदैन् । राजनीतिक माहोल यतिवेला चुनावमै केन्द्रित छ ।



प्रतिक्रिया दिनुहोस्