Logo

निर्वाचन बिरोधी गतीबिधि गर्नेलाई गोली हान्नेसम्मको अधिकार दिईएको छ : प्रजिअ भुसाल



नेत्र मरासिनी : अर्घाखाँची,१९ मंसिर – निर्वाचन बिरोधी गतीबिधि भएमा गोली चलाउन सक्ने अधिकार सुरक्षाकर्मीलाइ दिइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सुरक्षा संवेदनशिलता रहेका क्षेत्रमा थप सुरक्षाबल परिचालन गरीएको हुदा ढुक्क भएर मतदान कार्यमा सहभागी हुन मतदातालाइ आग्रह समेत गर्नुभएको छ ।

निर्वाचनलाई भयरहित र शान्तिपुर्ण बनाउन जिल्लाभर म्यादी,जनपथ,शसस्त्र प्रहरी र नेपाली सेना गरी १५०० सुरक्षाकर्मि परीचालन गरीएको छ । निर्वाचन अबधिमा थप सुरक्षा आबश्यक भएमा पन्ध्र मिनटमै सम्बन्धित क्षेत्रमा आवश्यक थप सुरक्षाबल पुग्ने ब्यबस्था मिलाइएको उहाले जानकारी दिनुभयो ।

सोहि कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले फर्जि मत राख्ने र बुथ क्याप्चर हुने कुनै सम्भावना नरहेकोले निश्पक्ष निर्वाचन हुनेमा कसैले शंका नगर्न आग्रह गर्नुभएको छ । सबै मतदान स्थलहरुमा मतदान सामाग्री र कर्मचारी पुगीसकेकोले आजैबाट मतदाता परीचय पत्र बितरण र मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने समेत उहाले जानकारी दिनुभयो ।

एकलाख अड्तीस हजार तीनसय अट्ठाइस जम्मा मतदाता रहेको अर्घाखाँची जिल्लामा ९३ मतदान स्थल,१७४ मतदान केन्द्र कायम गरीएको छ । यस जिल्लामा प्रतिनिधी सभाको लागी एक र प्रदेशसभाको लागी दुइवटा क्षेत्र रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्