Logo

घरेलु हतियारसहित चार पक्राउ



बेँसीशहर, लमजुङ, २० मंसिर : लमजुङ र कास्कीको सिमानाबाट घरेलु हतियारसहित आज चार जना पक्राउ परेका छन् । मध्यनेपाल नगरपालिका–७ रामबजारबाट कास्कीतर्फ जाँदै गरेका चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।

सीमा सुरक्षा जाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको भोर्लेटार इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट खुकुरीसहित दुई लिटर पेट्रोल, एउटै झोलाबाट काँग्रेस र वाम गठबन्धनको झण्डासमेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा सुन्दरबजार–९ भोटेओडारका रमेश कार्की, कास्की रुपा गाउँपालिका, फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाल रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

कास्कीमा बिहीबार हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सीमा सुरक्षा जाँचमा कडाइ गरिएको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्