Logo

यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)



काठमाडौँ, मंसिर २२ : मंसिर १० गते भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम क्रमश सार्वजनिक हुँदैछ।

अहिलेसम्म प्रतिनिधिसभामा ६ जनाले जित हात पारेका छन् भने प्रदेश सभा जित्ने १२ उम्मेदवार छन्। प्रतिनिधिसभामा वाम गठबन्धनले ५ सिट जितेको छ। बझाङ, मुस्ताङ, मनाङमा र म्याग्दीमा वाम गठबन्धनका एमाले उम्मेदवारले जितेका छन्। पूर्वीरुकुममा माओवादी उम्मेदवारले जित हात पारेका छन्।

स्वतन्त्र उम्मेदवारले हुम्लाबाट जितेर १ सिट ल्याएका छन्। उनी माओवादी केन्द्रका बागी उम्मेद्वार हुन्। तर, कांग्रेसले अहिलेसम्म एउटै सिट हात पार्न सकेको छैन। प्रदेश सभामा पनि गठबन्धनले १० सिट जितेको छ। एक सिट कांग्रेस र एक सिट कांग्रेसले जितेको छ।

मुस्ताङका २, मनाङको १, पूर्वी रुकुमका २, म्याग्दीका २, डोल्पामा १ र बझाङमा २ र हुम्लामा १ गरि १० सिट वाम गठबन्धनले प्रदेशमा जितेको छ। त्यस्तै, मनाङको प्रदेश सभा ‘क’ मा कांग्रेस र ‘ख’ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

यी हुन् प्रतिनिधिसभामा जित्ने ५ उम्मेदवार :

मुस्ताङ – प्रेम प्रसाद तुलाचन (एमाले) : उनले ३ हजार ५ सय ४४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत पाएका छन्। गौचन २०७० सालको संविधान सभामा मुस्ताङबाटै सांसद पद जितेका थिए।

बझाङ – भैरवहादुर सिंह (एमाले) : वाम गठबन्धन उम्मेदवार सिंह २८ हजार ८ सय ८१ मत प्राप्त गरि विजयी भएका छन्। उनले नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई ५ हजार ६ सय ५९ मतान्तरले हराएका छन्। कांग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार २ सय २२ मत प्राप्त गरेका थिए।

पूर्वी रुकुम– कमला रोका (नेकपा माओवादी केन्द्र) : वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रोकाले १० हजार ४ सय ३४ मत प्राप्त गरि विजयी भएकी हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्ती मगरलाई ६ हजार २८ मतअन्तरले पराजित गरेकी छन्। मगरलाई जम्मा ४ हजार ४ सय ६ मत मात्रै प्राप्त भएको छ।

हुम्ला – छक्कबहादुर लामा (स्वतन्त्र) : स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधि सभामा विजयी भएका छन्। लामाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मङ्गलबहादुर शाहीलाई ४७ मतान्तरले हराएका हुन्। उनी नेकपा माओवादी केन्द्रका बागी उम्मेद्वार हुन्।

म्याग्दी– भुपेन्द्र थापा (एमाले) : म्याग्दीमा पनि वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार थापाले जित हात पारे। उनले २२ हजार १ सय ७० मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दि कांग्रेसका खम बहादुर गर्बुजा हुन्।

मनाङ – पाल्देन छोपाङ गुरुङ:  मनाङबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन्। उनले २ हजार ३ सय मत पाएका छन्।। पाल्देनका प्रतिष्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले २०२१ मत ल्याए। मनाङमा पहिलो पटक एमालेले जितेको हो।

प्रदेश सभा जित्ने उम्मेदवार :

हुम्ला प्रदेश सभा (क) – दल रावल,  उनी वामगठबन्धनका तर्फबाट एमाले उम्मेदवार हुन्। आफ्ना निकटम प्रतिद्वन्दी कांग्रेसका थानबहादुर रोकायालाई ५ हजार ५ सय मतले पराजित गरेका छन्। रावलले ७ हजार १ सय ५८ मत ल्याएका छन् भने रोकायाले १ हजार ८ सय ११ मत पाएका छन्।

बझाङ प्रदेश सभा (क) – अर्जुन थापा, थापा वामगठबन्धनका तर्फबाट, उम्मेदवार हुन्। १६ हजार ८ सय ६८ मत ल्याएका थिए भने कांग्रेसका चन्द्रदेवी जोशीले १३ हजार १ सय ९७ मत ल्याए ।अर्जुन थापाले जोशीलाई ३ हजार ६ सय ७१ मत अन्तरले पराजित गरे ।

प्रदेश सभा (ख) – देवकी मल्ल,  वामगठबन्धनमा देवकी मल्ले १६ हजार ७ सय ४३ मत ल्याईन् भने कांग्रेसका नरेशबहादुर सिंह १४ हजार २ सय ४२ मत ल्याएका थिए । तर, मल्लले सिंहलाई २ हजार ५ सय १ मतले पराजित गरिन् ।

रुकुम पूर्व प्रदेशसभा (क)- तेजबहादुर वली, वली वाम गठबन्धनका माओवादी उम्मेदवार हुन्। उनले ५ हजार ४ सय २७ मत प्राप्त गरि निर्वाचित भएका छन्। वलीका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १ सय ४४ मत प्राप्त गरेका थिए।

प्रदेश सभा (ख) – पूर्णबहादुर घर्ती, घर्ति पनि वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार हुन्। ले ५ हजार ८ सय १६ मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत प्राप्त गरेका छन्।

डोल्पा प्रदेश सभा (क) – नन्दसि‌ह बुढा, वामगठबन्धनका तर्फबाट उनी एमालेका उम्मेदवार हुन्। ५ हजार ४ सय ९० मत ल्याएर उनले विजय प्राप्त गरेका छन्। बुढाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १ हजार २ सय १३ मत ल्याएका छन्।

मनाङ, प्रदेशसभा (क)- चिन्तबहादुर घले। उनी नेपाली कांग्रेसका उम्मेदवार हुन्। घलेले ९ सय २८ मत ल्याएर विजयी भएका छन्। भने वाम गठबन्धका दोर्जे डडुल गुरुङले ८९६ मत ल्याए।

प्रदेशसभा (ख)- राजीव गुरूङ, गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) यहाँका स्वतन्त्र उम्मेदवार हुन्। मनाङेले १ हजार ४ सय १० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १ हजार २० मत ल्याएका छन्।

म्याग्दी, प्रदेशसभा (क) – विनोद केसी, वामगठबन्धनका तर्फबाट माओवादी उम्मेदवार केसी १४ हजार ७ सय ४ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १ स ७५ मत ल्याएका छन्।

प्रदेशसभा (ख)- नरदेवी पुन मगर, वाम गठबन्धनकी एमाले उम्मेदवार नरदेवी पुन ले १० हजार ८ सय ६८ मत ल्याएर विजयी भएकी छन्। कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत प्राप्त गरेका छन् ।

मुस्ताङ, प्रदेशसभा ( क)- इन्द्र धारा डादु विष्ट वामगठबन्धनका एमाले उम्मेदवार हुन्। उनले १ हजार १ सय २७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी मिक्युर बहादुर गुरूङले ६ सय ५७ मत ल्याए।

प्रदेश सभा (ख)- महेन्द्र प्रसाद थकाली, वामगठबन्धनका एमाले उम्मेदवार थकालीले २ हजार ५ सय ८४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दावा गुरूङले २ हजार २ सय ५९ मत पाएका छन्।



प्रतिक्रिया दिनुहोस्