![](https://reportersnepal.com/wp-content/uploads/2017/12/jamkattel-768x271.gif)
मलेखु, धादिङ, २२ मंसिर : धादिङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठले १३ हजार ६८५ मत प्राप्त गर्नुभयो ।
यसैगरी सोही क्षेत्रको प्रदेशसभा (ख) मा वाम गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत प्राप्त गर्नुभयो ।