Logo

विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी



काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सही ढंगले ड्राईभ गर्न नसकेको भन्दै तत्काल देउवाको विकल्प खोज्नेगरि तयारी थालेका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको गलत निर्णय र प्रष्ट भीजन नभएकै कारण कांग्रेसले पराजय भोग्नुपरेको भन्दै असन्तुष्ट नेताहरु यतिवेला विशेष महाधिवेशन बोलाएर उनको विकल्प खोज्ने आन्तरिक तयारीमा जुटेको स्रोतको दाबी छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. नारायण खड्काले पार्टी सभापति शेरबहादुर देउवाको आफ्नो कार्यशैली, व्यवहार र प्रष्ट भीजन नभएको कारण पार्टीले हार व्यहारेको आरोप लगाएका छन् ।

https://reportersnepal.com/2017/12/218324.html

मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको र पार्टीले सर्वनाक हार व्यहोरिरहेको बेला नेता खड्काले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले तत्काल पार्टीले महाधिवेशन बोलाउनको लागि शीर्ष नेताहरुले नेतृत्वलाई दबाब दिनुपर्ने माँग गरे ।

https://reportersnepal.com/2017/12/218555.html



प्रतिक्रिया दिनुहोस्