Logo

काठमाण्डौमा एमालेका ६ उम्मेदवारले जित्दा माओवादीका सबैले किन हारे ? माओवादी नेताले गरे एमालेको सहयोग नपाएको आशंका



२४ मंसिर, काठमाण्डौ ।
टुलुटुलु हेर्ने वा यसरी हेर्ने जिम्मा छोडिद्ने ? फैसला गरौंला काठमाडौंमा माओवादीले वाम गठबन्धनका तर्फबाट चुनाव लडेको ३ वटा छेत्र मध्ये ३ वटै हार्यो किन यस्तो भयो ? प्रश्न गम्भीर छ थोरै मत (माओवादी) ले धेरै मत (एमालेको) लिन नसकेर, उमेद्वार छनोट प्रकृया मनोगत भएर वा छापामार शैली अपनाएर, पात्रहरू अलोकप्रिय भएर वा माओवादी आन्दोलन काठमाडौंमा सामाजिकरण हुन् नसकेर…… आदि आदि ! यसको जिम्मा कसले लिने, काठमाडौंको जिल्ला पार्टी के हेरेर बस्दो हो, पद मात्र ओगट्ने नेताले अब पनि पद नछोड्ने ? आदि आदि यस्ता प्रश्न उठ्नु स्वभाविक छ ्र चित्त बुझ्नेगरी फैसला आउने नै छ ्र अहिलेलाई यति मात्र …..
काठमाण्डौ जिल्लाको नतिजा आएपछि माओवादीका युवा नेता लेखनाथ न्यौपानेले फेसबुकमा राखेको स्टाटस हो यो । उनले वाम गठबन्धनबाट उम्मेदवार बनाइएका तीनै जना माओवादी नेताले किन हारे भनेर अनेकन प्रश्न गरेका छन् ।

पक्कै पन एमाले–माओवादीले गरेको वाम गठबन्धनमा काठमाण्डौका १० निर्वाचन क्षेत्रमध्ये तीन वटा माओवादीलाई दिएर सातवटा क्षेत्र एमालेले राखेको थियो । जसमध्ये माओवादीका तीनै जना उम्मेदवारले हार्दा एमालेका ६ जनाले जिते ।

एमालेबाट पराजित काठमाण्डौ क्षेत्रनम्बर ४ का राजन भट्टराई मात्रै हुन् । उनले हार्नुको पछाडि अरु कुनै प्रश्न छैन, किनकी त्यस क्षेत्रमा कांग्रेसले प्रभावशाली युवा नेता गगन थापालाई उठाएको थियो ।

अरु सबै ठाउँमा एमालेका उम्मेदवारले जिते । तर माओवादीका एक जनाले पनि जित्न सकेनन् । त्यसैले विभिन्न आशंका उब्जिएको छ । काठमाण्डौमा एमालेले माओवादीका उम्मेदवारलाई खुलेर सहयोग नगरेकाले तीनै जना उम्मेदवार पराजित हुन पुगेको कतिपयले अनुमान गरेका छन् । माओवादी नेता न्यौपानेले गरेका अनेक प्रश्नमा एमालेले सहयोग नगरेको हो कि भन्ने आशंका देखिन्छ ।

न्यौपानेले भनेका छन्, “टुलुटुलु हेर्ने वा यसरी हेर्ने जिम्मा छोडिद्ने ? फैसला गरौंला काठमाडौंमा माओवादीले वाम गठबन्धनका तर्फबाट चुनाव लडेको ३ वटा छेत्र मध्ये ३ वटै हार्यो किन यस्तो भयो ? प्रश्न गम्भीर छ ।”

पक्कै पनि चुनावमा व्यक्ति राम्रो भएर भन्दा पनि गठबन्धनको भोट खप्टिएकाले एमाले माओवादीका उम्मेदवारले धेरै ठाउँमा जितेका छन् । तर काठमाण्डौका तीनवटामा किन एमाले र माओवादीको भोट खप्टिएर वाम गठबन्धनका उम्मेदवारलाई जान सकेन ? वा ति क्षेत्रमा कांग्रेस वास्तवमा नै बलियो थियो ?
यि विषयमा एमाले माओवादीले आगामी दिनमा समिक्षा गर्नुपर्ने देखिएको छ ।

काठमाण्डौ क्षेत्र नम्बर एकमा माओवादीका उम्मेदवार अनिल शर्मालाई प्रकाशमान सिंहले हराउँदा शर्मा तेस्रो स्थानमा झरे । क्षेत्र नम्बर सातमा कुनै बेला माधवकुमार नेपाललाई पराजित गरेका माओवादी नेता झक्कुप्रसाद सुवेदीलाई उठाइएको थियो । उनी भिमसेनदास प्रधानसँग पराजित भए ।
क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसीले माओवादीका हितमान शाक्यलाई हराए ।



प्रतिक्रिया दिनुहोस्